जेष्ठ २, २०८१ बुधबार

बिर्तामोड-४ लाई फुटसलको उपाधि

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ ।

आज बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १० लाई ८–५ गोल अन्तरले हराउँदै वडा नम्बर ४ ले उपाधि चुमेको हो । उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको वडा नम्बर १० ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वडा नम्बर ४ ले वडा नम्बर ५ लाई वडा नम्बर १० ले वडा नम्बर ७ लाई हराउँदै फाइनल प्रवेश गरेका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का मनिल लिम्बू भए । नगद दुई हजार १०० र मेडल पाए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का समिर गुरुङ भए । उनले नगद ५ हजार पाए ।

फुटसलको प्रबद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका विजेता तथा उपविजेतालाई बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार वितरण गरेका थिए ।

समिति अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिसन लिम्बूले गरेका थिए ।

प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]