बैशाख २६, २०८१ बुधबार

बिर्तामोडको तक्षशीला एजुकेशन र क्याम्ब्रिजबीच सम्झौता

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तक्षशीला एजुकेशन फाउण्डेशन र क्याम्ब्रिजबीच सम्झौता भएको छ । आगामी शैक्षिक सत्रदेखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापछि तक्षशीलाले नयाँ शैक्षिक सत्रबाट क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ ।

विद्यालयमा शनिवार आयोजित कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि डा.रोशन राठीले क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइनेछ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता सकारात्मक भएको बताएकी छन् । उनले शैक्षिक गुणस्तरका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा अभिभावहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]