बैशाख २५, २०८१ मंगलबार

किसानलाई तत्काल राहत देऊ

सम्पादकीय
शुक्रवार राती आएको असिनापानीले झापामा ठुलो क्षति गरेको छ । असिनापानीले समग्र कृषि क्षेत्रमा ठुलो नोक्सानी पुर्यायो । किसानले लगाएका अधिकांश बालीहरु सोतर भएका छन् । फल टिप्ने बेला भएका बाली लगाइएका फाँटहरु उजाडिएका छन् । असिनापानीले जिल्लाको अधिकांश क्षेत्रमा कृषिबालीमा नोक्सान पुराएको छ । त्यसमा पनि कनकाई नगरपालिकाका किसानहरुले झनै धेरै क्षति व्यहोर्नुपरेको छ । किसानले लगाएका मकैबालीहरु पूर्ण रुपमा नष्ट भएको छ । खरबुजा खेती उठाइसक्नु छैन । किसानलाई असिनापानीले ठुलै धक्का दिएर विदा भयो ।

जहाँ, जतैबाट पनि किसानले सधैं मर्का व्यहोर्नुपरेको छ । राज्यबाट सधैं उपेक्षित किसानहरु प्राकृतिक रुपले पनि ठगिइरहेका छन् । प्राकृतिक विपदलाई रोक्न सकिन्न । यसबाट भएको क्षति असिमित छ । शनिवार साँझसम्म पनि किसानले आफ्नो क्षतिको विवरण बुझाउन सकेनन् । किसान असिनापानीले दिएको दुखका कारण पीडामा छन् । ऋणपान गरेर लगाइएको बालीनाली क्षति हुँदा किसानको हालत दर्दनाक बनेको छ । अब, किसानले कसरी आफ्नो लगानी उठाउलान् ? उनीहरुलाई कसले सहयोग गर्दा ? यो अन्यौलको विषय बनेको छ ।

झापाका किसानले असिनापानीबाट भएको क्षति वापत राज्यबाट राहत पाउनुपर्छ । राज्यले क्षति गराएको होइन । तर, किसानलाई दुख पर्दा राज्यले हेर्नैपर्छ । अहिले स्थानीय तहहरु छन् । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले किसानलाई राहत उपलब्ध गराउनैपर्छ । किसानको लगानी कुनै हालतमा डुब्न दिनु हुदैन । क्षति विवरण संकलन गरेर कृषि ज्ञान केन्द्रले सम्बन्धित निकायमा किसानलाई राहतको व्यवस्थापनका लागि समन्वय गर्न आवश्यक छ । किसानले लगाएका बाली सुरक्षाका लागि स्थानीय तहहरुले बीमा पनि गरिदिनुपर्छ । त्यसका लागि मापदण्ड तयार गरेर स्थानीय तहहरुले काम गरुन् । अहिले असिनापानीबाट भएको क्षति वापत राहतको व्यवस्थापन गरिदेऊ ।

प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]