जेष्ठ २, २०८२ बिहीबार

विश्व सम्पदा सूचीमा रहेको जापानको शुरी दरबार आगलागीबाट ध्वस्त

जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको छ ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ ।

बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

झण्डै पाँच सय वर्षअर्घि यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला यो ध्वस्त भएको र अहिलेको स्वरुपमा पुनर्निमाण गरिएको थियो।

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]