बैशाख २५, २०८१ मंगलबार

सहकारीमा सदस्य जागरणको खाँचो

सम्पादकीय
बैंक वित्तीय संस्थामाथि पछिल्लो समय विभिन्न आरोप लागिरहेको छ । अर्थात, बैंक वित्तीय संस्था विरुद्ध अभियान समेत सञ्चालन भइरहेका छन् । जसका कारण सहकारीमा कारोवार गर्नेहरु डराइरहेका छन् । आफुले दुख गरेर कमाएको पैसामा खर्च कटाएर बचत गरेको पैसा डुब्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो । सहकारीको संख्या आवश्यकता भन्दा धेरै छ । टोलटोलमा सहकारीहरु खुलेका छन् । केहि सहकारीहरु सदस्यको पैसा फिर्ता गर्न नसकेर भागिरहेको अवस्था पनि छ । त्यसै कारण सदस्यहरु त्रसित भएका हुन् ।

वित्तीय क्षेत्रमाथि भइरहेको प्रहार र केहि संस्थाका लापरबाहीका कारण सदस्यहरु आत्तिएका छन् । सहकारी तथा बैंक क्षेत्रमै त्यसको प्रभाव परेको छ । अहिले चलिरहेको होहल्ला यथार्थ हो ? कि भ्रम हो ? यस बारे सदस्यहरु अन्यौलमा छन् । त्यसैले सदस्यहरुकै बचतबाट सञ्चालित सहकारीहरुले यथार्थ जानकारी गराउनुपर्छ । सदस्यहरुले पनि संस्थाको अवस्थाबारे जानकारी लिन आवश्यक छ । संस्थाको कारोवारको बारेमा जानकारी दिन सकियो भने सदस्यहरु बाहिरी हल्लाबाट प्रभावित हुने छैनन् । त्यसका लागि सहकारीहरुले आफ्ना सदस्यहरुलाई जानकारी गराउन आवश्यक छ ।

सहकारी भनेको सानो पुँजीलाई ठुलो बनाउने हो । सामान्यभन्दा सामान्य जीवनस्तर भएका नागरिकहरु सहकारीमा जोडिएका छन् । किनभने, सहकारीले ५०, १०० रुपैयाँ पनि बचत गरिदिन्छ । ससानो कर्जा सहजै उपलब्ध गराउछ । त्यस कारण आम मान्छे सहकारीमा जोडिएका छन् । संस्थाले सहकारी सिद्धान्तलाई अवलम्बन गरेर काम गरिरहेको छ भने कुनै समस्या आइपर्दैन । यसैले संस्थाको वर्तमान अवस्था के छ ? त्यस बारे आफ्ना सदस्यहरुलाई कार्यलय मै बोलाएर जानकारी दिऊ । यदि, जानकारी दिन कञ्जुस्याई गरियो भने संस्थामा खोट भएको महसुस हुनेछ । संस्थाको मेरुदण्ड सदस्य हुन् । सदस्यलाई नै संस्थागत जानकारी दिएर कारोवार गर्ने हो भने संस्था दुर्घटनामा पर्नेछैन । नत्र, संस्था ओरालो लाग्ने निश्चित छ ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]