जेष्ठ ३, २०८१ बिहीबार

सहारा हाफ म्याराथनको तयारी पूरा

बिर्तामोड । मंगलबार चारपानेमा हुने सहारा हाफ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार

खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहने छ ।

आयोजकले प्रस्थान बिन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ ।

त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार श्रेष्ठले बताए । नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त सहारा हाफ म्याराथन झापामा पहिलो पटक हुन लागेको हो ।

नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको छ ।

संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]