बैशाख २३, २०८१ आईतबार

मेचीनगर लेडी जेसिजको पार्लामेन्टरी प्रोस्युडर तालिम सम्पन्न

मेचीनगर । मेचीनगर लेडी जेसिजको आयोजनामा व्यवस्थित बैठक प्रणाली पार्लामेन्टरी प्रोस्युडर तालिम शनिबार सम्पन्न भएको छ ।

जेसिजको बैठक सञ्चालनका प्रक्रिया तथा व्यवस्थित र मर्यादित बैठक सञ्चालनका बिषयमा संस्कार एकाडेमीका फाउण्डर, नेपाल जेसिजका अन्तराष्ट्रिय ट्रेनर, राजाबाबु शाहाले प्रशिक्षण गराएका थिए ।

प्रशिक्षणमा मेचीनगर लेडी जेसिजका ३० वढि सदस्य तथा बोर्डका पदाधिकारहरु र पूर्व पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मेचीनगर लेडी जेसिजकी अध्यक्ष रश्मि थापाको अध्यक्षता तथा प्रशिक्षक राजाबावु शाहाको प्रमुख आतिथ्यतामा रहेको थियो । तालिम संयोजक शर्मिला तिम्सिनाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन महासचिव सविता पोख्रेलले गरेकी थिइन् ।

तालिममा सहभागिहरुले पार्लामेन्टरी प्रोस्युडर तालिमले अन्य संस्थामा पनि व्यवस्थित र मर्यादित रुपमा बैठक सञ्चालन गर्न मदत पुग्ने बताएका थिए ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]