जेष्ठ २, २०८१ बुधबार

अन्तरपालिका फुटबल : शिवसताक्षी फाइलनमा प्रवेश

फाइनलमा शिवसताक्षी र मेचीनगर भिड्ने

शिवसताक्षी । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । त्यस्तै खेलको दोस्रो हाफको ५६ औं मिनेटमा शिवसताक्षीका तर्फबाट लागेको गोल नै निर्णायक गोल बन्न पुग्यो । शिवसताक्षीका तर्फबाट श्रवण मल्लिकले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच शिवसताक्षीका श्रवण मल्लिक घोषित भए । उनले ट्रफी सहित नगद २५ सय प्राप्त गरे । उनलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त ट्रफी र नगद प्रदान गरेका थिए ।

शिवसताक्षीले झापा गाउँपालिकालाई दवाव राखेर खेल खेलेको थियो । प्रतियोगिताको क्वाटर फाइलन खेलमा शिवसताक्षी नगरपालिका र गौरादह नगरपालिका बीच भएको थियो । ट्राइबेकरमा गौरादह नगरपालिका विजेता घोषित भएपनि पालिका बाहिरका खेलाडी खेलमा समावेश गरेको भेटिए पछि गौरदाह नगरपालिका खेलबाट बाहिरिएको आयोजक बिर्तामोड नगरपालिकाले जनाएको छ । गौरादह नगरपालिका बाहिरिएरसँगै शिवसताक्षीले सेमी फाइलन खेल खेल्ने अवसर पाएको थियो ।

त्यस्तै सोमवार भएको अर्को सेमीफाइल खेलमा मेची नगरपालिका फाइनलमा प्रवेश गरेको छ । ब्राहदशी गाउँपालिकालाई ३-० गोल अन्तरले हराउँदै मेची नगरपालिका फाइनलमा प्रवेश गरेको हो । यो सँगै फाइनल खेल शिवसताक्षी नगरपालिका र मेचीनगर नगरपालिका भिड्ने पक्का भएको हो ।

प्रतियोगिताका विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले४५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक विर्तामोड नगरपालिकाले जनाएको छ । प्रतियोगिता डोमालाल रंगाशाला विर्तामोडमा भएको थियो ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]