जेष्ठ ६, २०८२ सोमबार

कोशी नामकरणबाट ‘पछि हट्यो’ माओवादी

विराटनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रले कोशी नामकरणको आफ्नो निर्णयबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ। हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ। त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ। त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो कमजोरी भएको छ ।’

नामाकरणपछि पहिचानको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्न र राहतका लागि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]