बैशाख २३, २०८१ आईतबार

नगरपालिकाद्वारा मेचीनगर सञ्चार प्रतिष्ठानलाई सम्मान

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठानका नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । आज नगर प्रमुखको सभा कक्षमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य हृदय राजवंशी र चित्र धिमालले सञ्चार प्रतिष्ठानको नयाँ कार्यसमितिलाई सम्मान गरेका हुन् ।

सम्मान गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार प्रतिष्ठानले सबैलाई समेटेर रचनात्मक कार्य गर्न सुझाए । उनले समितिले आफ्नो कार्यसम्पादन कुशलतापूर्वक र सन्तुलित ढंगबाट गर्न सुझाव दिएका छन् ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाई, सचिव प्रकाश पौडेल, सदस्यहरू अर्जुन कार्की, झुलन रेग्मी, किशोर उपरकोटी, सुष्मा राजवंशी, हेमन्त निरौला र गगन ढकाललाई सम्मान गरेको हो ।

कार्यसमिति सदस्य भूमिका सुब्बा भने बिशेष कामले काठमाडौं रहेकाले उपस्थित हुन नसकोको जानकारी दिएकी छिन् ।

यो प्रतिष्ठान कोशी प्रदेशकै पहिलो पालिका स्तरीय सञ्चार प्रतिष्ठान भएकाले यसको विशेष गौरव रहेको अध्यक्ष शिशिर चौलागाईंले बताएका छन् ।

प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]