बैशाख २५, २०८१ मंगलबार

कोशी प्रदेशमा माओवादी दोहोरो चरित्र

सम्पादकीय
प्रदेशसभाको पहिलो कार्यकालले नामाकरण नगरेपछि तीब्र आलोचित प्रदेश १ अन्ततः बहुमतबाट कोशी प्रदेशमा नामाकरण भयो । कोशी प्रदेश नामाकरणमा ठुला राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी लगायतको प्रयासबाट सफल भएको हो । प्रदेशको नामाकरण समेत गर्न नसकेको प्रदेश भनेर चिनिएको यो प्रदेशको न्वारान भइसकेको छ । सहमतिसँगै प्रदेशसभाले बहुमतमा नामाकरण गरेको हो । प्रदेशको नामका सन्दर्भमा दलीय सहमति जुटेपछि प्रदेशबासी हर्षित भएका थिए । त्यसमा पहिचान पक्षधरहरुको विमति थियो ।

प्रदेशको नाम कोशी राख्न प्रदेशसभामा सहमति जनाएको माओवादी अहिले आएर गल्ती भएको भन्दै फरक मत राख्ने निर्णयमा पुगेको छ । यो प्रवृत्तिले माओवादीलाई पुरानो धङधगीले अझै नछोडेको स्पष्ट भएको छ । कोशी प्रदेश नामाकरण भएपछि पहिचान पक्षधरहरु आन्दोलित छन् । उनीहरुको आन्दोलन अहिले पनि चलिरहेको छ । तर, प्रदेशसभामा कोशी प्रदेशको पक्षमा उभिएको माओवादी यतिवेला दोहोर चरित्र देखाइरहेको छ । हुनतः माओवादी कहिल्यै राजनीतिक मुद्धामा अडानमा बस्न सकेको इतिहास पनि छैन ।

माओवादी जहाँ भिड छ, त्यहाँ राजनीति गर्ने हो । भीडको लोभमा परिरहने माओवादी फेरि प्रदेशको नामाकरणको सवालमा त्यहि ठाउँमा पुगेको छ । कोशी प्रदेश नामाकरण भइसकेकेपछि कार्यान्वयनमा समेत गइसकेको छ । एउटा पक्ष आन्दोलनमा छ । पहिचानबादीहरुले लिम्बुवान, किरात प्रदेश हुनुपर्ने आवाज उठाइरहेका छन् । पहिचानवादीहरु आन्दोलनमा भएका कारण उनीहरुसँग कोशी प्रदेश सरकारले वार्ताको माध्यमबाट समाधान पनि खोज्नुपर्छ । त्यसैले समाधान खोज्नुको बदलामा उल्टै आन्दोलनलाई बल पुग्ने, आफ्नै निर्णयबाट पछि हट्ने माओवादीको काम नाजायज छ । किनभने, अहिले उठिरहेको माग सम्बोधन गर्दा त्यसको विरुद्ध अर्को समूह, पहिचानवादीहरु आन्दोलनमा जान सक्नेछन् । त्यसैले धमिलो पानीमा माछा पार्ने काम तत्कालै बन्द गर्नु उपयुक्त हुनेछ ।

प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]