जेष्ठ ६, २०८२ सोमबार

पार्टी नागरिकको सारथी बन्नुपर्छ : नेता बाँस्कोटा

विर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटाले नागरिकको असंगठित भावनाको प्रष्फुटनलाई संगठित बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको गौरादह नगर कमिटीले बुधबार आयोजना गरेको संसदीय दल र पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले मिसन ग्रासरुट अभियानले नागरिकको असंगठित आवाज संगठित बनाएर पार्टी संगठन नागरिकको सारथी बन्नुपर्ने बताए ।

‘जनप्रतिनिधिको मुहारमा पार्टी देखिनु पर्छ’, नेता बाँस्कोटाले भने, ‘स्थानीय पार्टीले जनप्रतिनिधिले गरेका कामको प्रचार र काममा सहयोग गर्नुपर्छ ।’ उनले एकपटक जनप्रतिनिधि भएका साथीहरु अपवाद बाहेक किन फेरि जनअनुमोदित हुनसकेनन् भन्ने विषयलाई बुझेर अगाडि बढ्नु पर्ने बताए । नेता बाँस्कोटाले स्थानीय तहको चुनावमा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रलाई नागरिकबडापत्र जसैगरी कार्य क्षेत्रमा राख्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका झापा अध्यक्ष दीपक कार्कीले स्थानीय तहका अधिकांश जनप्रतिनिधिले पार्टीका नेता कार्यकर्ता र जनताको कुरा सुन्न छोडेको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिलाई भेटौं भन्दा समय मिलाउन सक्नु भएको छैन’, अध्यक्ष कार्कीले भने, ‘मैले भेटौं भनेको राम्रो काम गर्न सुझाव दिन हो । म कसैलाई डिक्टेड गर्दिन र मलाई कसैले डिक्टेड गरेको मन पर्दैन पनि ।’ उनले थपे , ‘हाम्रा आचरण र जीवन शैलीले जनमत निर्माण गर्ने हो । आचरण बेठिक हुनेले पार्टी संगठन निर्माण गर्न सक्तैन ।’

सो अवसरमा १९ जना अगुवा कार्यकर्ताले पार्टी र स्थानीय सरकार सञ्चालनका विषयमा धारणा राखेका थिए । गौरादहका मेयर छत्रपति सुवेदीको अध्यक्षता र नगर प्रवक्ता नगेन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पार्टी प्रदेश कमिटीका नेताहरु हिरा थापा, श्रीप्रसाद मैनाली, गणेश पोखरेल, राजु कार्की, पार्टीका गौरादह अध्यक्ष मित्रदेव काफ्ले, उपमेयर जलवर्षा राजवंशी लगायतले पार्टी र जनप्रतिनिधिका भुमिका बारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]