बैशाख २५, २०८१ मंगलबार

बुधबारे हटियामा खाली गर

सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा धेरै पुरानो एउटा बजार छ । जसलाई बुधबारे हटिया अर्थात देवि हाट भन्ने गरिन्छ । कृषिथोक बजारसँगै उत्तर भागमा रहेको बुधबारे हटियालाई भव्य र व्यवस्थित बजार बनाउने गरी तयारी थालिएको छ । अहिले पुराना पसलहरु छन् । नगरपालिकाले आफै निर्माण गरेका सटरहरु छन् । ७० वटा सटर रहेको बुधबारे हटियाको पछाडिको भागमा ससाना पसलहरु पनि छन् । त्यहाँ गोसलाइन पनि छ । बजारको आफ्नै शौचालय पनि छ । तर, बजार अस्तव्यस्त छ । अस्तव्यस्त बजारलाई नगरपालिकाले बहुतले भवन निर्माण गरी व्यवस्थित र भव्य बजार बनाउने तयारी थालेको छ ।

बिर्तामोड नगरपालिकाले बुधबारे हटिया क्षेत्रमा बसोबास गर्नेहरुलाई ठाउँ खाली गरिदिन सूचना जारी गरिसकेको छ । पटक–पटक सूचना जारी गरे पनि सो क्षेत्रमा व्यापार गर्ने, ससाना घर बनाएर बस्नेहरुले ठाउँ खाली गरेका छैनन् । बिर्तामोड नगरपालिकाले ३५ दिने र १५ दिने सूचना प्रकाशन गरिसकेको छ । त्यै पनि सूचना अनुसार खाली हुन सकेको छैन । जहाँ नेपाल सरकारले करिव १ अर्व रकम लगानी गर्ने तयारी गरेको छ । बहुतले भव्य व्यापारी महल बनाउने नगरको योजनालाई सफल बनाउन सम्बन्धित सबैले सहयोग गर्नुपर्छ ।

बुधबारे हटियालाई खाली गरेर भवन निर्माण गर्ने सम्बनधमा बिर्तामोडमा सर्वदलीय बैठकले समेत निर्णय गरेको छ । उधोगी व्यवसायीहरुको छाता संस्था उधोग वाणिज्य संघले समेत नगरलाई कानुन बमोजिम काम गर्न सहयोग गर्ने सहमति गरेको छ । कार्यपालिका बैठकबाट सहमति भइसकेको उक्त मुद्धामा अब कसैले पनि असहयोगको रणनीति लिन हुदैन । बिर्तामोडको गुरुयोजनाको रुपमा रहेको उक्त व्यापारीक भवन निर्माणमा सबैले सहयोग गर्नैपर्छ । यसको आवश्यकतालाई सबैले महसुस गरेकै छ । यसैले ठाउँ खाली गरेर सहयोग गर्नुको विकल्प छैन ।

प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]