चैत्र १६, २०८० शुक्रबार

सम्पादकीय : झापाली भीआइपीलाई के मतलव

यतिवेला आम नागरिकको दैनिकी कष्टकर बनिरहेको छ । आवतजावत हैरानी नै भइसक्यो । घर बाहिर निस्कनु रोग निम्त्याउनु नै भएको छ । धुलो, धुवा र ध्वनी प्रदुषणले आम नागरिक हैरानीमा परिरहेका छन् । उनीहरु बाध्यताका साथ हिडडुल गरिरहेका छन् । चिल्ला गाडीभित्र बस्नेहरुलाई यसको कुनै प्रवाह छैन । यसको प्रत्यक्ष मारमा सर्वसाधारण परिरहेका छन् । दुई साताअघि शनिश्चरे–बिर्तामोड सडक क्षेत्रमा बसोबास गर्ने स्थानीयले धुलैको कारण बाटो बन्द गरे । उनीहरुले धुलोबाट बचाउने विकल्प नदिउञ्जेल बाटो नखोल्ने भने । लगत्तै नगरपालिकाले पानी हालिदिने सम्झौता गरेपछि बाटो खुल्ला भयो ।

धुलोको कारण शहरी क्षेत्र मात्र होइन, गाउँगाउँमा असर पु¥याइरहेको छ । यसको मतलव जिल्लाका भीआइपीलाई खासै छैन । किनभने उनीहरु सिसावाल झ्याल बन्द गरेर हुइकिरहेका हुन्छन् । सडकमा हिडडुल गर्ने सामान्य नागरिकसँग धुलो खानुको विकल्प छैन । बिर्तामोड क्षेत्रमा निर्माण भइरहेको सडकमा धुलो ठुलो समस्या छ । यस्तै, समस्याहरु अन्य क्षेत्रमा पनि व्याप्त छ । निर्माणको क्रममा यस्ता समस्याहरु स्वभाविक रुपमा आउँछन् । तर, समस्याको समाधानमा सरोकारवाला आउनुपर्छ । धुलोको कारण रोगी बन्नबाट बचाउनु पर्छ ।

अहिले गाउँगाउँ स्थानीय सरकार छ । स्थानीय सरकारले चाहेमा पानीको प्रवन्ध गरेर धुलोको नियन्त्रण गर्न सक्छ । स्थानीय सरकारका जनप्रतिनिधिलाई अर्को चुनावमा के मा उम्मेद्वारी दिने भन्ने चिन्ता छ । मेयरलाई सांसद हुने, सांसदलाई मन्त्री हुने ध्याउन्न छ । उनीहरुलाई आम नागरिकको समस्यामा चासो कम छ । जिल्लाका भीआइपीले जिल्लाका नागरिकको हरेक समस्यामा सारथी बन्न सक्नुपर्छ । चुनावका बेला मत माग्दा निरिह भएकाहरु ऋहिले बोलासक्नु न चलाइसक्नु भएका छन् । यहि परिवेशबाट अघि बढ्ने हो भने अबको चुनाव हिसाव गर्ने राम्रो माध्यम पनि बन्न सक्छ । यसैले मतलवी बनेर आम नागरिकको जनगुनासो तत्काल सम्बोधन गरियोस् ।

प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]