बैशाख २५, २०८१ मंगलबार

ओरियन्सको प्रलोभनमा नपरौं

सम्पादकीय
झापाको बिर्तामोडमा केहि समयदेखि ग्लोवल ओरियन्सले सयौं युवायुवतीलाई आवद्ध गराई आफ्नो व्यापार गरिरहेको छ । प्रत्यक्ष व्यापार नीति अवलम्बन गरेको ग्लोवल ओरियन्स झापासहित देशभर विस्तार भइसकेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको ग्लोवल ओरियन्स मातहतमा कयौं वेथितीहरु छन् । जसको विगतदेखि नै सार्वजनिक भइरहेको छ । एक समय भारतमा व्यापक विस्तार भएको ग्लोवल ओरियन्सले हजारौं नेपालीहरुलाई आर्थिक रुपमा नोक्सान पुराएको थियो । भारतमा नेपालीहरुलाई बन्धक समेत बनाएको ओरियन्सले नेटवर्किङ व्यापार समेत गरिरहेको छ ।

फुड सप्लिमेन्ट, कस्मेटिक सामानको व्यापार गर्ने ओरियन्सले झापामा अनगिन्ती युवायुवतीहरुलाई विभिन्न प्रलोभनमा पारेर आवद्ध गराइरहेको छ । मोवाइलदेखि घरसम्म उपहार दिन सक्ने आश्वासनमा युवाहरुलाई प्रभावित पारिएको छ । हप्ताको १५ देखि २० हजार कमाई हुने प्रलोभन देखाइन्छ । आर्थिक रुपमा विपन्न र रोजगारीका लागि भौतारिरहेका युवा उमेर समूहलाई टार्गेट गरेर ओरियन्सले युवाहरुलाई आवद्ध गराउदैं आएको छ । विभिन्न प्रलोभन र आश्वासन दिएर भेट्न बोलाउने र जवरजस्ती सेमिनारमा सहभागी गराउदैं आफ्नो सामान विक्रि गराउने गरेको पीडितहरुले सुनाइरहेका छन् ।

विभिन्न आश्वासन दिएर युवाहरुलाई घर समेत जान नदिई रकम असुलेर सामान भिराउने गरेको पीडितले जानकारी दिएका छन् । सामान दिने, विक्रि गराउने र साथी थप गर्दै जानुपर्ने बाध्यकारी नियमले धेरै युवायुवतीहरुले लाखौं लाख डुवाइसकेका छन् । कम्पनी र केहि व्यक्तिहरुले मुनाफा कमाउनका लागि युवाहरु प्रयोग गर्ने ओरियन्सले चलाइरहेको धन्दाबाट सबै सचेत हुनुको विकल्प छैन । ओरियन्सले जवरजस्ती आफ्नो सामान विक्रि गराइरहेको सत्य हो । सामान खरिदपछि अनिवार्य रुपमा साथी थप्नै पर्ने पनि सत्य हो । जति साथी थप हुदै जान्छ, कम्पनीले आफ्नो सामानको व्यापार बढाउदै जाने हो । जो–जो थपिदै जान्छन्, उनीहरको लगानी पनि डुब्दै जान्छ । क्षणिक सुन्दर आश्वासनमा आज धेरैभन्दा धेरै युवाहरुले पैसा र समय डुुवाएका छन् । अब, ओरियन्सको धन्दामा लागेर समय र पैसाको सर्वनास नगरौं । आफु त ठगियो, आफन्त र साथीभाई समेत ठग्ने काममा कोहि पनि नलागौं । यस तर्फ प्रशासनको ध्यानाकर्षण होस् ।

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]