बैशाख २३, २०८१ आईतबार

धुलाबारी–भद्रपुर रोड : सडक बन्यो पुल बनेन

धुलाबारी । धुलाबारी–भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र जीर्ण छ । नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर लम्बाइको छ ।

पूर्वी नाकाबाट भद्रपुर विमानस्थल जान छोटो दूरीको फराकिलो दुई लेनको सडकमा कालोपत्र गर्ने कार्य भर्खरै सकिएको छ । सोही सडकखण्डकै बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि बनेको पुल भने साँघुरो र जीर्ण छ । ज्यामिरगढी र भद्रपुरको बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि सडक डिभिजन कार्यालय दमकले पुल निर्माण गरेको थियो ।

सो पुलमा लगाइएको रेलिङ भत्किएको छ भने पुलको भद्रपुरतर्फको भागमा भ्वाङ परेको छ । दुई लेनको सडकमा एक लेनको साँघुरो पुल असुविधाजनक छ । भौतिक पूर्वाधार कार्यालय भद्रपुरका इञ्जिनियर उत्तम खरेलले दुई दिनअघि मात्र सडकको कालोपत्र गर्ने कार्य सकिएको जानकारी दिँदै भन्नुभयो, “सडकसँगै पुल पनि फराकिलो चाहिन्छ, यस विषयमा छलफल चलिरहेको छ ।”

सडकसँगै नयाँ पुल बनाउनुपर्र्ने स्थानीय कमल राजवंशीले माग गर्नुभयो । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुल बनाउन बजेट व्यवस्थाका लागि आश्वासन दिनुभएको इन्जिनियर खरेलले बताउनुभयो । बजेटको व्यवस्था भयो भने अर्को आर्थिक वर्षभित्र पुल बनाउन सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]