बैशाख २३, २०८१ आईतबार

एमाले मेचीनगर–१५ को अध्यक्षमा चेतन

मेचीनगर । नेकपा एमाले मेचीनगर–१५ वडा कमिटीको अध्यक्षमा चेतराज विष्ट (चेतन) सर्वसम्मत चयन भएका छन् ।

मिसन ग्रासरुट अन्तरगत शनिबार सम्पन्न वडाको अधिवेशनबाट विष्टको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा विदुरसिंह खवास, सचिवमा राजु राजवंशी, उपसचिवमा सुनिता धिमाल र रुइदास राजवंशी लगायत सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य भिम खवासको प्रमुख आतिथ्यता एवम् मुरलिधर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रविन कोइराला, कोशी प्रदेश कमिटी सदस्य विमला विश्वकर्मा, झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र न.१ संयोजक टिकाराम मंग्राती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला सदस्य भुपाल शिवाकोटी, क्षेत्रीय सचिव हरि ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला विभागका सदस्य ईन्द्रप्रकाश बाँस्कोटाले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०७९ आईतबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]