बैशाख २३, २०८१ आईतबार

भेला भए बाहुण्डाँगीका पुराना बामपन्थी

बाहुण्डाँगी । साविक बाहुण्डाँगी गाउँ बिकास समितिका संस्थापक बामपन्थीहरु एकै ठाउँमा भेला भएर पुरानो दिनलाई पुर्नजातकी गरेका छन् ।

आइतबार मेचीनगर–२ भृकुटी स्थित जेष्ठ नागरिक भवनमा वि.सं. २०४६ चैत २६ अगाडिका बामपन्थीहरुले एक ठाउँमा भेला भएर संगठन निर्माणको क्रममा भोगेका कथाहरु साटासाट गरेका हुन् ।


औपचारिक रुपमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता बाहुण्डाँगीका अग्रज बामपन्थी नेता याम प्रसाद दाहालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा बाहुण्डाँगीमा बामपन्थीका प्रथम संगठक गण्ेश सुवेदीको उपस्थिति रहेको थियो ।

यसैगरी विशेष अतिथिका रुपमा चन्द्र भण्डारी र अग्रज नेता गंगा अधिकारीको उपस्थिति रहेको थियो । साथै, अतिथिहरुमा बाहुण्डाँगीमा बनेको पहिलो बामपन्थी संगठनको सदस्यहरु नवराज रिसाल, दिलिप दाहाल र टिकाराम न्यौपानेको उपस्थिति रहेको थियो ।

बाहुण्डाँगीमा संस्थापक कमिटीका सचिव गण्ेश सुवेदी, सदस्यहरु नवराज रिसाल, दिलिप दाहाल, टिकाराम न्यौपाने र स्वर्गीय प्रेम प्रसाद आचार्यलाई सम्मान पनि गरिएको थियो । स्वर्गीय प्रेम प्रसाद आचार्यलाई मृत्यु पर्यन्त पनि सम्मान गरिएको हो । यसैगरी बाम आन्दोलनका सेल्टर दाता तथा संगठकहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुवेदी, अग्रज नेता गंगा अधिकारी र चन्द्र भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रमको बीचमा जनवादी गीतहरुले रोमाञ्चकता थपेको थियो । टेक बहादुर देवानले स्वागत मन्तव्य उक्त कार्यक्रमको औचित्यमाथि प्रकाश भने मेचीनगर–२ का पूर्व वडाध्यक्ष तिलक न्यौपानेले पारेका थिए । कार्यक्रमको सञ्चालन युवराज कट्टेलले गरेका थिए ।

 

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]