बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षीमा आइपुग्यो दमकल

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) सोमवार नगरपालिकाको कार्यालयमा आइपुगेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जनधनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए ।

नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आगलागीबाट शिवसताक्षीका नागरिकले पटकपटक ज्यान गुमाउनु परेकाले आफु निर्वाचित भए पश्चात पहिलो निर्णय नै दमकल खरिदको गरेको र सोवार नगरपालिकामा आइपुगेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । दमकल ल्याउन प्रकृयागत केही ढिला भएको थियो । उनले भने, हालसम्म दमकलका लागि ६० लाख खर्च भएको छ । अब यसको व्यवस्थापनमा केही खर्च हुने देखिएको छ ।

हामीले मितव्ययी तरिकाले यसलाई व्यवस्थापन गर्ने छौं । यहाँका नगर प्रहरी र सवारी चालकहरुलाई तालिम दिई दमकलका लागि काम गर्न सक्ने जनशक्ति उत्पादन गरी छिटै नागरिकका सेवाका लागि काम गर्ने नगरप्रमुख थोप्राको भनाई छ ।

दमकलको एक पटकमा ४५ सय लिटर पानी भरेर आगो निभाउन सक्ने क्षमता रहेको छ । शिवसताक्षी नगरपालिकाले सबै प्रकृया पुरा गरी अडर गरेपछि तीन महिना दमकल निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उनले दमकल निर्माण कम्पनीले १ वर्ष सम्म यसको मर्मत सम्भारको जिम्मा लिने बताए ।

दमकलले २४ घण्टा सेवा दिनसक्ने गरी प्राविधिकहरु व्यवस्थान गर्ने र अब नागरिकलेहरुले आगलागी भएको सूचना दिने वित्तिकै सेवा प्रवाह गर्ने नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । शिवसताक्षीमा धेरै नागरिकले यसअघि आगलागीबाट ज्यान गुमाउनु परेको सम्झँदै उनले अबका दिनमा दमक अभावकै कारणले कही सकैले पनि ज्यान गुमाउनु पर्ने बताइन् ।

नगरपालिकाले सोमवार नै दमकलको सबै परीक्षण गरेको छ । निर्माण कम्पनीले दमकलाई चालु गरी नगरपालिकालाई जिम्मा लगाएको हो ।

झापामा दमक नगरपालिका, गौरादह नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र कमल गाउँपालिकामा मात्र दमकल थिए । शिवसताक्षी नगरपालिकामा एउटा दमकल थपिदा अब झापामा दमकलको संख्या १२ वटा पुगेको छ ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]