बैशाख २४, २०८१ सोमबार

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

खरेलले सहिद रत्नकमार वान्तवाको स्मृति दिवसको अवसर पारेर सोमबार पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गदै घोषणा गरेका हुन् ।

उनीलगायत हिराप्रसाद पोखरेल, खिना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, मित्रप्रसाद लुईटेल लगायतले नेकपा एमाले परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा पार्टीको गलत क्रियाकलापसँग असहमत रहेको जनाउँदै आजैदेखि उनीहरुले आफूहरु स्वतन्त्र रहेको जनाएका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]