बैशाख २३, २०८१ आईतबार

काँकरभिट्टामा ‘एन्टी ड्रग्स क्याम्पेन’

काँकरभिट्टा । काँकरभिट्टामा रिकभर भएका युवाहरुले ‘एन्टी ड्रग्स क्याम्पेन’ गर्ने भएका छन् । युवाहरुले स्वतन्त्र प्रतिष्ठान नेपालसँगको सहकार्यमा बुधबार काँकरभिट्टा माविको प्राङ्गणमा सांगीतिक कार्यक्रम गरेर ‘एन्टी ड्रग्स क्याम्पेन’को अभियानमा निस्किने भएका छन् ।

काँकरभिट्टा रिकभरिङका सदस्य सुमन थापाले बुधबार काँकरभिट्टामा स्याडो ब्याण्ड ल्याउने र टिकट मार्फत दर्शकहरुसँग सहयोग उठाएर अभियानमा खर्च गर्ने बताएका छन् । उनले स्थानीय संघ, संस्था तथा समाजसेवीहरुले पनि केही सहयोग गरेको जानकारी दिए ।

सदस्य थापाले भोलीको कार्यक्रमबाट संकलित रकमले दुव्र्यसनमा लागेका युवाहरुलाई दुव्र्यसनबाट निकाल्न खर्च गर्ने बताएका छन् । उनी भन्छन्, ‘एक जनालाई मात्र पनि दुव्र्यसनबाट निकाल्न सकियो भने त्यो हाम्रो ठूलो सफलता ठान्ने छौं ।’

प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]