फेसबुकको माध्यमबाट ८ घण्टामा मृत भेटिइन् गौतम

झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन् ।
झापा कमल गाउँपालिका –४ कि दिपामाया गौतम वेपत्ता भएको भन्दै सामाजिक सञ्जाल मार्फत व्यापक खोजी शुरु गरिएको थियो । फेसबुककै माध्यमबाट उनको पहिचान भएको हो । उनलाई शिवसताक्षी –१० स्थित कनकाई नहरमा डुविरहेको अवस्थामा स्थानीयले फेला पारेर इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए ।
सरदारे नहरमा मृत अवस्थामा भेटिएकी गौतमको पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको झिलझिले प्रहरीले जनाएको छ । गौतम नहरमा डुवेर मरेको आशंका गरिएको छ ।