बैशाख २३, २०८१ आईतबार

‘हात्तीलाई अब लखेट्ने होइन संरक्षण गर्नुपर्छ’

बाहुनडाँगी । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानवमा चेतना कम हुँदै गएको बताएका छन् ।

बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले सो कुरा बताएका हुन् ।

‘दुनियाँ मानवका लागि मात्र हो’, अभियन्ता राजवशुले भने–‘प्रकृति र जीव जन्तुको चाहिँ यहाँ केहि सहअस्तित्व छैन । लोभि पापीका कारण मानवले प्रकृति र जीवजन्तुलाई क्षति पुर्याइरहेको छ । प्राचिनकालदेखि हात्तीलाई मानवले गरेको सम्मान हराउँदै गएको छ ।’

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का, नेकपा एमाले मेचीनगर–४ का अध्यक्ष तिर्थराज नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का, समाजसेवी सागर शिवाकोटी, सशस्त्र प्रहरी काँकरभिट्टा वीओपीका प्रमुख डीएसपी निर्मल थापा लगायतले मानव र हात्तीबीचको द्वन्द, समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

शुक्रबारसम्म चल्ने तालिमको सहजिकरण उज्यालो नेपालका अध्यक्ष थापा लगायतले गरिरहकेका छन् । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल(डब्लुडब्लुएफ) रहेको छ ।

ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।

‘पहिला बुढापाकाको पालामा हात्तीलाई जाउँ गणेश जाउँ भनेर पुजा गर्थे’, वडाध्यक्ष कार्कीले भने–‘अब हामीले आउँ गाणेश आउँ भन्छौँ ।’

उनले सीमा क्षेत्रमा दुवै देशको सहकार्यमा मेचीखोलाको बाँधमा ग्रिनवेल्ट, हात्तीलाई चाहिँने आहारको व्यवस्था छ, हात्ती देखाउन पर्यटक भित्राउने र बाँझो रहेको २०० विगाह जग्गामा किसानहरुले माछा पालन गर्ने योजना रहेको बताए ।

 

प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]