जेष्ठ ६, २०८१ आईतबार

इजलास दैनिक सातौं वर्षमा, पत्रकार राई सम्मानित

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता इन्द्र कुमार राईलाई नगद पाँच हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित राईलाई टाइम्स मिडिया नेटवर्कका अध्यक्ष अध्यक्ष नारायण प्रसाद पोखरेल र प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा इजलास दैनिकलाई शुभकामना दिदैं प्रमुख अतिथि गणेश पोखरेलले झापामा कसैले उठाउन नसक्ने जनताको मुद्धालाई इजलासले मात्र उठाइरहेको बताए । उनले समाजमा जनताको समस्या इजलासले मात्र उठाउन सक्ने भन्ने बुझाईको विकास भइरहेको बताएका छन् । जटिल परिस्थितिका बीच इजलास दैनिकले नागरिकहरुको आवाज बनेर निरन्तरता दिएकोमा पोखरेलले धन्यवाद व्यक्त गरे । पोखरेलले झापामा आवाज बिहीनको आवाज बन्ने सञ्चार माध्यम खोजी गर्ने हो भने इजलास दैनिक सबैभन्दा अगाडि आउने स्पष्ट पारेका छन् ।

यसैगरी वडाध्यक्ष अग्नि प्रसाद पाण्डेले वडा इजलास दैनिकले निरन्तर जनताको पक्षमा काम गरिरहेको बताएका छन् । उनले आगामी दिनमा पनि जनताको मुद्धा उठाइरहन शुभकामना दिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]