बैशाख २६, २०८१ बुधबार

ताप्लेजुङका आधा विद्यालयमा पुग्यो पाठ्यपुस्तक

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै हालसम्म जिल्लाका करिव आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो ।

यसवर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमासमेत पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवसथ हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावकसमेत खुसी भएका हुन् ।

यसवर्ष अन्य जिल्लाभन्दा पहिले चैत २० गते नै ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरले जनाएको छ । शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक प्राप्त भएपछि सोहीअनुसार विद्यालयलाई बिक्री वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार हालसम्म दुर्गम तथा हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका तीन दर्जन बढी विद्यालयमा पाठ्यपुस्तक पुगिसकेका छन् । यस्तै पूर्वी सिदिङ्वा गाउँपालिकाका अढाई दर्जन विद्यालयहरुले पाठ्यपुस्तक लगिसकेका अध्यक्ष मिश्रले जानकारी दिनुभयो। यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरक लगायतका पालिकाका विद्यालयहरुमासमेत पाठ्यपुस्तक पुग्न थालेको महासङ्घका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम (फाइनल) परीक्षा सम्पन्न भएपछि विदा भएका अधिकांस विद्यालयहरु आइतबारदेखि खुल्दै छन् । फुङ्लिङ नगरपालिका–४ अम्विटारस्थित भानजन माध्यमिक विद्यालय आइतबारदेखि खुल्ने र सोही दिनदेखि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिने प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो ।

प्रधानाध्यापक राईले यसवर्ष समयमै पुस्तक आएकाले समस्या नरहेको र विद्यालय खुलेसँगै विद्यार्थीले पुस्तक पाउने भएको बताउनुभयो । यस्तै फुङ्लिङ नगरपालिका–८ दोखुस्थित शिवलाय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले पनि यसवर्ष समयमै पाठ्यपुस्तक पाएको बताउनुभयो। आइतबारदेखि नै विद्यालय खुल्ने र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थाल्ने भट्टराईले बताउनुभयो ।

नयाँ शैक्षिक सत्रपछि विद्यालय खुल्न थालेसँगै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्नु पाउँदा हर्षित भएको सम्बन्धित विद्यालयका शिक्षक तथा समितिका पदाधिकारीले बताएका छन् । पाठ्यपुस्तक समयमा नपाउँदा विगतमाजस्तो विद्यालय सञ्चालन र पठनपाठन अवरोध हुँदै आएको अवस्थाको अन्त्य भएको शिक्षकहरु बताउँछन् । यता ताप्लेजुङमा तीनसय ३५ वटा सामुदायिक विद्यालय भएको र बाँकी रहेका विद्यालयमा धमाधम पाठ्यपुस्तक गइरहेको व्यवसायी महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिनुभयो । थालेपछि उक्त समिति बनेको थियो ।

मिक्वाखोला गाउँपालिकातर्फ खोलाले कटाएको जमिनको नाप नक्सा हेरेर पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल भएको समितिका संयोजक दुर्गाप्रसाद चोङवाङले बताउनुभयो । अनुगमनका क्रममा मेरिङ्देन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाध्यक्षलगायत सहभागी भएका थिए । -गोरखापत्र

प्रकाशित मिति : बैशाख २, २०८० शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]