बैशाख १४, २०८१ शुक्रबार

झापामा झ्याप्प–झ्याप्प जान्छ बिजुली

मेचीनगर । पछिल्लो एक साता झापाको विभिन्न भागमा बेखवर विद्युत कटानीले समस्या भएको छ । मेचीनगरसहित बिर्तामोड, भद्रपुर, दमकमा बिजुली गएर स्थानीयबासीलाई सास्ती बनाएको छ । दिनमा सात/आठ पटक विधुत जाने आउने गरिरहने स्थानीयले गुनासो गरेका छन् ।

झ्याप्प–झ्याप्प बिजुली गएर हैरान भएको मेचीनगरका  गोपाल मैनालीले बताएका छन् । उनी भन्छन्, ‘काम गरेर हैरान भएर पंखा घुमाएर आराम गरौं भनो लाइन् काटिएर हैरान् । आएको लाइन पनि फेन नघुम्ने गरी आउँछ । भोल्टेज कम ।’

यसैगरी स्थानीय धमेन्द्र खड्काले अनावश्यक रुपमा बिजुली गएका कारण व्यापार व्यवसाय ठप्प भएको बर्ताका छन् । उनी भन्छन्, ‘अनलाइनको जुग छ बिना सूचना लाइन जादा व्यपारमा प्रभाव परेको छ । कम्तिमा लाइन काट्दा सूचना दिने गर्नुपर्छ ।’ उनले विद्युत प्राधिकरणको जवाफदेहिता नभएको बताएका छन् ।

विद्युत प्रधिकरण धुलाबारीका कार्यालय प्रमुख सुनिल कुमार महतोले यो समस्या कोशी प्रदेश भरी नै आएको दावी गरेका छन् । उनी भन्छन्, ‘दुहबीबाटै बिजुलीमा समस्या आइरहेको छ । आजभोलि लाइन जानु स्थानीय समस्या होइन । माथीबाटै सिस्टम गएको हो ।’,

उनले यो समस्या चाँडै समाधान हुने बताएका छन् । उनले यो समस्या समाधानको लागि आफूले पनि दवाव दिरहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार  ६ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]