असार ६, २०८२ शुक्रबार

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज तेह्रौं अधिवेशनको १७औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रतिवेदन र शोक प्रस्ताव प्रस्ताव पेश हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]