जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड बुधबारेका व्यापारीलाई १० दिन थप, अन्यथा कानुन बमोजिम जाने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब १० दिनभित्र बुधबारे हटिया खाली नगरे कानुन बमोजिम अघि बढ्ने जनाएको छ । सोमवार एक सूचना जारी गर्दै नगरपालिकाले पटक–पटक समय दिएको भन्दै अब पनि घर, टहरा, संरचना खाली नगरे कानुन बमोजिम हटाउने र त्यस वापतको खर्च व्यापारीबाटै असुल गरिने बताएको छ ।

कानुन बमोजिम हटाउदा सो संरचना र संरचनाभित्र रहेका सामग्रीको क्षति भए स्वम् जिम्मेवार हुनुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।

बिर्तामोड नगरपालिका ५ मा रहेको बुधबारे हटिया (देवि हाट) मा नगर विकास कोषबाट १ अर्व लगानीमा बहुतले व्यापारिक भवन निर्माण गर्नका लागि ठाउँ खाली गरिदिन आग्रह गरेको हो । यसअघि पनि नगरपालिकाले पटक–पटक सूचना गर्दै ठाउँ खाली गर्न अनुरोध गरिसकेको छ । घर, टहरा खाली गरेर भवन निर्माणको प्रक्रिया प्रारम्भ गरिने नगरले जनाएको छ ।

बुधबारे हटियामा बहुतले व्यापारिक भवन निर्माणका लागि राजनीतिक दलबीच सहमति भइसकेको छ भने बिर्तामोड नगर कार्यपालिका बैठकले समेत निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]