जेष्ठ ६, २०८१ आईतबार

झापामा आइतवारदेखि पाठ्यपुस्तक उपलब्ध गराइने

गगन ढकाल

झापा । बैशाख ३ गतेबाट नयाँ शैक्षिक सत्र भएको छ । तर, झापाका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्ध भइसकेको छैन । विद्यालयहरु आउँदो आइतबारबाट विद्यार्थीहरुको हातमा पुस्तक पु¥याउन सकिनेमा विश्वस्त देखिन्छन् ।

झापाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विश्वकर्मा कक्षा एकदेखि पाँचसम्मको सबै पुस्तकहरु आइसकेको र केही पालिकाहरुमा पुस्तक पुगिसकेको बताउँछन् । उनले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक पनि बुधबारसम्ममा आउने जनक शिक्षा विराटनगरले जानकारी दिएको बताएका छन् ।

उनले पहाडी र हिमाली जिल्लाहरुमा पुस्तक पठाएर पात्र सुगम क्षेत्रमा पुस्तक पठाइने भएकाले केही ढिलो भएको बताएका छन् । उनी भन्छन्, ‘बुधबारसम्ममा पुस्तक उपलब्ध गराउने जनक शिक्षाले बताएको छ । आइतबारसम्ममा विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सकिने कुरामा हामी ढुक्क छौं ।’

मेचीनगर– ५ स्थित बालकल्याण माविका प्रधानाध्यापक नारायण न्यौपानेले आइतबारबाट पुस्तक विद्यार्थीहरुको हातमा पुग्ने बताएका छन् । उनले भने, पुस्तक विराटनगर डिपोमा आइसकेको छ । हिमाली र पहाडी जिल्लामा पहिले पुस्तक पठाएर मात्र तराईका जिल्लाहरुमा पुस्तक पठाउने भएकाले एक दुई दिन ढिलो भयो । झापाको पालो आजबाट छ । भोली र पर्सिमा पुस्तक आइपुग्ने उनले बताएका छन् ।

यसैगरी कचनकवलस्थित जनता माविका प्रधानाध्यापकले पाठ्यपुस्तक आउने अझैं अन्योलमा रहेको बताएका छन् । उनी भन्छन्, ‘पुस्तक ल्याउन पूर्व नै पुस्तक पसलमा रकम जम्मा गर्नुपर्छ । तर, कचनकवल गाउँपालिकाले पाठ्य पुस्तक खरिदको निम्ति बजेट नै छुट्याएको छैन । झापाको पालो भोलीबाट हो, अहिलेसम्म पालिकाले रकम हालिदिएको छैन ।’, उनले ७० प्रतिशत मात्र रकम पालिकालाई तिर्न लगाउँदा पनि पालिकाले लापरबाही गरिरहेको बताएका छन् ।

जनक शिक्षा विराटनगरका प्रमुख भुपराज थापाले बिहीबारबाट झापामा पुस्तक उपलब्ध हुने बताएका छन् । उनी भन्छन्, ‘यहाँ भएको पुस्तक लगभग सकिने अवस्थामा भएकाले बुधबार काठमाडौंबाट पुस्तक आइपुग्ने भएको छ । काठमाडौंबाट पुस्तक आएपछि मात्रै झापामा पुस्तक पठाउने योजना रहेकोले दुई दिन ढिलो हुने भयो ।’ उनले झापामा करीब १० हजार सेट पाठ्य पुस्तक आवश्यक पर्ने बताएका छन् । उनले कोशी प्रदेशमा हिमाली जिल्लाबाट पुस्तक वितरण गर्न सुरु गरेकाले तराईमा ढिलो भएको जानकारी दिए । आजबाट पहाड सकियो अब भोलीबाट तराईमा काम सुरु हुने उनले जिकिर गरेका छन् ।

प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]