जेष्ठ ६, २०८१ आईतबार

कोशीमा सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको आव्हान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा सहभागी सबै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन् । मंगलबार ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धी विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वदलीय सरकार बनाउन आव्हान गरेका हुन् ।

कोशी प्रदेश सरकारमा हाल चार दलको सरकार छ । नेकपा (एमाले), माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी सरकारमा सहभागी छन् भने प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस र पाँचौ दल नेकपा (एकीकृत समाजबादी) सरकार बाहिर छ । एमाले, माओवादी, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्की गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मंगलबार उनले सरकारले नेतृत्व गरेको एक सय दिन पुरा भएको छ ।

प्रदेशसभामा सहभागी ६ वटै राजनीतिक दल मिलेर पाँच वर्ष सरकार चलाउन उनले आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले भने, ‘म आव्हन गर्न चाहान्छु, सबै मिलेर पाँच वर्ष सरकार चलाउ र नेपाली जनतालाई सन्देश दिउँ ।’
बहुदलीय प्रतिस्पर्धात्मक र वेस्ट मिनिस्टर प्रणालीमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष चाहिन्छ भन्ने मान्यता रहेपनि त्यो मान्यता श्राद्धा गर्दा विरालो बाद्नुपर्ने मान्यता जस्तो मात्र भएको दृष्टान्त प्रस्तुत गर्दै यो कुनै कानुनी र संबैधानिक बाध्यता नभएको उनले स्पस्ट पारे ।

मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तव सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि अनुरोध गरे । २०७९ मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायीत्वको सम्भावाना नदेखिएको भन्दै कार्कीले राजनीतिक पार्टीको केन्द्रीय नेतृतवमा समिकरण परिवर्तन भएको र कोशी प्रदेश बाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतित गर्ने मौका नपाएको बताए ।

कोशी प्रदेशको सरकारको भविश्य पनि के हुन्छ भनेर विभिन्न अड्कलवाजीहरु भइरहेको स्मरण गराउँदै उनले कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]