जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडले दिन थाल्यो श्रम स्वीकृति

बिर्तामोड । बिर्तामोड नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बुधबार श्रम स्वीकृति प्रदान गरेको छ ।

बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो । बिर्तामोडले बुधबार बिर्तामोड– ५ निवासी राजकुमार खरेललाई श्रम स्वीकृति दिएको हो । खरेल बिर्तामोड नगरपालिकाको समन्वयमा श्रम स्वीकृति प्राप्त गर्ने पहिलो व्यक्ति भएको रोजगार सेवा केन्द्रका संयोजक होमनाथ भट्टराईले जानकारी दिए ।

हालसम्ममा बिर्तामोडमा तीन जनाले श्रम स्वीकृतिका निम्ति फारम भरेका छन् । फारम भरेको एकै दिनमा श्रम स्वीकृति प्रदान गरिने संयोजक भट्टराईले जानकारी दिए । ‘पहिले श्रम स्वीकृतिको निम्ति विराटनगर धाउनु पथ्र्यो कि त साइबरमा महंगो रकम तिर्नु पथ्र्यो । अब नागरिकहरु त्यो सास्तीबाट मुक्त भएका छन् । अब श्रम स्वीकृति निःशूल्क रुपमा स्थानीय पालिकाहरुमै बन्छ’, संयोजक भट्टराईले भने ।

बिर्तामोडबाट पहिलो पटक श्रम स्वीकृति प्राप्त गरेका राजकुमार खरेलले आफ्नै ठाउँबाट श्रम स्वीकृति प्राप्त गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘पहिले भाडा तिरेर दिन बिताएर विराटनगर जानुपथ्र्यो कि काठमाडौं । अहिले आफ्नै ठाउँमा घरकै खाना खाएर काम हुने भयो ।’ उनले बिर्तामोडबाटै श्रम स्वीकृति प्राप्त गर्दा आफ्नो पैसा र समय दुबै जोगिएको बताए ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]