जेष्ठ ६, २०८१ आईतबार

वित्तीय ज्यादती विरुद्ध बिप्लप समुहको बिर्तामोडमा जनसभा

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा आज झापाको बिर्तामोडमा बृहत् विरोध प्रदर्शन तथा जनसभा सम्पन्न भएको छ ।

बिर्तामोडको मुक्तिचोक स्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककी कमान्डर उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमनसिंहले सम्बोधन गरेका थिए ।

दिउँसो दुईबजे पश्चिम बस स्टेन्डबाट शुरु भएको बिरोध प्रदर्शन ¥याली पुरानो भद्रपुर रोड नजिकैबाट बजार परिक्रमा गरी हनुमान कम्प्लेक्सको प्रांगणमा आइपुगेर जनसभा शुरु भएको थियो ।

झापामा पछिल्लो समय मिटरब्याजी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढेको आरोप लगाउँदै निरन्तर प्रतिरोध र बिरोध गर्दै आएको उक्त पार्टीले आज पीडितहरु सहितको जनसभा गरेको हो ।

जनसभालाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उमा भुजेलले बैंक, वित्तीय संस्था र मिटरब्याजीहरुका विरुद्ध पार्टीले समेत संघर्ष गर्दै आएकाले पीडित जनताहरु गोलबद्ध भएर ज्यादतीका विरुद्ध लाग्न पर्ने बताइन् ।

अहिले राज्य सत्तामा बसेर भागबन्डा गर्दै सत्ता हत्याउने एमाले, काङ्ग्रेस, माओवादी लगायतका संसदीय पार्टीले नै यो परिस्थिति सिर्जना गरेको उनले बताएकी छिन् ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताइएको छ । नवप्रवेशिहरुलाई कार्यक्रमकी प्रमुख अतिथि भुजेल लगायत पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मौसम, मेची ब्युरो इन्चार्ज सुमनसिंह झापा इन्चार्ज प्रशान्तले खदा र अविर लगाएर पार्टी स्वागत गरेका थिए ।

उक्त जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागुऔषध, मिटरब्याजी र वित्तीय संस्थाहरुको विरुद्ध चरणबद्ध संघर्षको घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]