जेष्ठ ३, २०८२ शुक्रबार

पीडित व्यापारीलाई सहजीकरण गर

सम्पादकीय
झापाको कनकाई नगरपालिकामा एक जना व्यवसायीले मंगलवार आत्महत्या गरेको सार्वजनिक भयो । उनले आत्महत्या गर्नुको कारण ‘व्यवहारिक तनाव’ भन्ने अधिकांशको धारणा थियो । अर्थात, व्यवसायीले आफ्नो व्यवहारिक तनावका कारण जीवन त्याग गरे । आत्महत्या आफैमा समाधान होइन । आत्महत्यापछि परिवारले झनै ठुलो समस्या भोग्नुपर्छ । जीवित हुनेहरुलाई त्यो समस्याले छुटकारा दिदैन । समस्या झनै बढेर जान्छ । यस प्रकारका अनेकौ घटनाहरु समाजमा भइरहेका छन् । हरेक घटनामा जीवित हुनेहरुले दुख पाइरहेका छन् । यसैले आत्महत्याको बाटो बेठिक छ । यो गर्नै नहुने काम हो ।

कनकाईका व्यापारी यातायात व्यवसायी हुन् । उनले अर्कै व्यक्तिसँग दुई वटा बस खरिद गरेका रहेछन् । ७० लाखमा लिएका दुई वटा बसको किस्ता तिर्दै आएका व्यक्तिले आर्थिक समस्याका कारण व्यवहार फत्ते गर्न सकिरहेका थिएनन् । अढाई वर्षमा पनि बस आफ्नो नाममा नामसारी गर्न नसेपछि समस्यामा परेका व्यक्तिले आत्महत्या गरे । यो नै कारण हो वा होइन, अनुसन्धान अवश्य होला । फेरि पनि यो समाधान थिएन र होइन । समस्या समाधानका कयौं विकल्पहरु भेटिन्थे । मृत्यू समाधान थिएन । जसले बस दियो, उसको पनि बैंकमा कर्जा भएको बुझिएको छ । बस दिने धरानका रमेश श्रेष्ठ बैंकको तनावमा भएको बुझियो । बस खरिद गर्ने (आत्महत्या गर्ने व्यक्ति) भरत पौडेललाई पनि बस मालिकको तनान थियो । दुवै तनावमा रहेछन् ।

झापामा मात्र होइन, देशका विभिन्न भागमा व्यापारीहरु आर्थिक समस्याबाट गुज्रिएका छन् । इलामका प्रेम आचार्यले संसद भवन अगाडि आत्मदह गरे । समस्याहरु दिनहुँ बढ्दो छ । अब, यसको समाधानका लागि पनि केहि विकल्पहरु तयार गर्नैपर्छ । व्यापारीहरु व्यवहारिक तनावका कारण जीवन त्याग गरिरहेका छन् भने व्यवसायीका संघ, संस्थाको आवश्यकता यहि बेला परेको छ । व्यापारीलाई तनावबाट मुक्त गराउन सहजीकरण गर्नुपर्छ । उधोग वाणिज्य संघ, अन्य व्यवसायीका संघ संगठनहरुले कोहि कसैबाट व्यापारीमाथि दवाव दिइरहेको छ भने त्यसको सहजीकरण गरेर मृत्यूको बाटोबाट जोगाउनुपर्छ । राज्य पक्षलाई घचघचाउनुपर्छ । व्यापारीको भोट चाहिनेहरुले व्यापारीलाई बचाउने योजना बनाउनैपर्छ ।

प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]