बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षीको मंगलबारे-पाराबारी सडक कालेपत्रे

शिवसाक्षी । झापा शिवसताक्षी नगरपालिका २ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका, वडा नं। २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो ।

शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं. २ को कार्यालयबाट विनियाजित बजेट १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ गरी ९९ लाख ९८ हजार ७०५ रुपैयाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सडक ९४५ मिटर कालो पत्रे भएको छ भने, सोही सडक वडा नं. ३ पर्ने २०० मिटर पनि कालो पत्रे भएको छ ।

जसमा वडा नं. ३ को कार्यालयले १४ लाख र स्थानीय उपभोक्ताले ३ लाख ७५ हजार संकलित रकमबाट थप सडक कालोपत्रे भएको हो । दुई चरणमा कालो पत्रे भए पनि हाल मंगलबारे देखि पाराबारीको ११२४ मिटर पुरै सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाल नगरप्रमुख मेगाहाङ्ग थोप्राले जनकारी दिए । आज नगरप्रमुख र उपप्रमुख सहितको टोलीले उक्त सडकको अनुगमन गरेका छन् ।

शिवसताक्षी कै पुरानो बजार मंगलबारे र पाराबारी जोड्ने सडक आवश्यकताको आधार मै कालोपत्रै गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले सडक कालोपत्रे गर्न पूर्ण बजेट नहुँदा नगरपालिका, दुवै वडाको शिलिङ्ग बजेट र स्थानीय उपभोक्ताहरुको साझेदारीमा सडक कालो पत्रे गर्ने काम सम्पन्न भएको बताए ।

हामीले बजेट स्रोतको अभाव हुँदा वडाहरुबाट स्थानीय उपभोक्ताहरुसँग समन्वय गरेर भएपनि दुई चरणमा कालो पत्रे गरेर उक्त सडकको पूर्ण रुपमा काम गरेको उनको भनाई थियो ।

सडक कालोपत्रे भएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । मंगलबारे बजारबाट पाराबारी जाने भित्री बाटो यहाँका स्थानीय बासी र व्यापारीहरुका लागि अति नै आवश्यक रहेको स्थानीय नेत्र प्रसाद विमलीले जानकारी दिए । उनले भने, बाटो कालो पत्रे भएसँगै यहाँका स्थानीय बासी, मंगलबारे र पाराबारीका व्यापारीहरु धेरै उत्साही बनेका छन् । कच्ची बाटोका कारण मानिसहरु धरमपुरबाट सिधै पाराबारी जाने गरेका थिए । अब मंगलबारे बजार हुँदै पाराबारी जाने क्रम बढ्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]