जेष्ठ ६, २०८१ आईतबार

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ग्रासरुटले अभियानले देशभर नयाँ उत्साह र उर्जा थपेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७५औं स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता–कार्यकर्तामा नयाँ उत्साह थपेको बताउनु भएको हो ।

अध्धयक्ष ओलीले भन्नुभयो, ‘दुई महीना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन ग¥यौं, देशभर एउटा नयाँ उत्साह, नयाँ उर्जा र नयाँ आएको छ, हामीले पार्टीको यथार्थ स्थितिको आँकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने मौका पनि पायौं, सदस्यता र संगठनको स्थिति के छ ? प्रवृत्ति मनोवृत्तिको अवस्था कस्तो छ ? घाउ कहाँ छ मलम कहाँ लगाउने ? समस्या के छ ? कस्तो प्रकृतिको छ ? त्यसको समाधान कसरी गर्नुपर्ने हो आदि कुराहरु हामीले चिन्ने जान्ने मौका पायौं ।’

अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर योजना बनाएर काम थालिने बताउनुभयो । मिसन ग्रासरुटले पार्टीको ययार्थ स्थितिको चित्रण दिएको र कार्यकर्ताहरुमा काम गर्नुपर्ने रहेछ भन्ने भावना पुर्नजार्गित गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले कार्यकर्ताको भावनालाई अगाडि बढाएर यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयोग गरेर कम्युनिष्ट आन्दोलनलाई मजबुत, सुदृढ र शुद्धिकरण गरिने अबताउनुभयो ।

कम्युनिष्ट आचरण भनेको सत्य अंगाल्ने, न्यायको मार्ग अवलम्बन गर्ने, समृद्धिको बाटोमा अथक प्रयाससाथ एकताबद्ध भएर क्रियाशील रहने, छलछाम नगर्ने आचरण रहेको भन्दै उहाँले सबै नेता–कार्यकर्तालाई कम्युनिष्ट आचरण अपनाउन निर्देशन दिनुभयो । एक वर्ष कम्युनिष्ट आचरण अंगाल्ने हो भने अरु आचरण कहिल्यै नआउने समेत अध्यक्ष ओलीले बताउनुभयो ।

आग्रहपूर्वाग्रह नगर्ने, भेदभाव नगर्ने, सत्यको मार्गमा चल्ने काम कम्तिमा एक वर्ष गर्ने हो भने कम्युनिष्ट आचरण अझ फैलँदै जाने बताउनुभयो ।

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]