जेष्ठ ४, २०८१ शुक्रबार

घटेन मानव बेचबिखनका घट्ना

काँकरभिट्टा पुर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मीहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको मेचीनगर लेडी जेसिजको आयोजना गरेको मानव बेचबिखनको बिषयमा सरोकारवालाहरु बीच गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

छिमेकी मुलुक भारतको पानीटेंकीमा भएको उक्र कार्यक्रममा दुवै देशका सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माईती नेपालका पुर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भारतका विभिन्न एजेजेन्सी र सुरक्षा कर्मीहरुको सहयोगमा आफूहरु नाकामा मानव बेचबिखन रोक्न अहोरात्र खटिएपनि मानव बेचबिखनका घनटा पूर्ण रुपमा समाप्त नभएको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै भारत पानिटेंकी एसएसबीका एसिस्टेन्ट कमाण्डर मोहित दहियाले सीमा क्षेत्रमा आफूहरु मानव बेचबिखन लगायत गलत प्रवृतिका घटनालाई रोक्न विशेष सुरक्षा रणनीति अपनाएर काम गर्ने गरेको बताउनु भएको छ । कार्यक्रमका अर्का वक्ता बालसुरक्षा अभियानका भारत प्रमुख गणेश राईले नेपाल र भारतका बालबासिकाका साथै किशोर किशोरीमा सामाजिक सञ्जालको सही सदुपयोगका बिषयमा चेतना फैलाउन आवस्य रहेको बताउनुभएको थियो ।

त्यस्तै विश्व सेवा विस्तार संस्थाकी काँकरभिट्टा प्रमख अनिता गुरागाईंले आफ्नो संस्थाले मानव बेचबिखनमा परेकाहरुको उद्धार गरी उनीहरुलाई पुर्नजिवनमा फर्काउन उनीहरुलाई चेतना फैलाउने देखी स्वरोजगार बनाउन तर्फ अग्रसर पार्ने गरेको बताउनु भयो । मेचीनगर लेडी जेसिजकी अध्यक्ष रश्मी थापाको सभापतित्वमा भएको कार्यक्रमको संयोजकमा कार्यकारिणि उपाध्यक्ष शुष्मा राजवंशीले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उपाध्यक्ष गुञ्जना आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन माहासचिव सविता पोख्रेलले गर्नुभएको थियो ।

सोही क्रममा नेपाल र भारत पक्षका ई–रिक्सा चालक र यात्रुहरुलाई ५०० माक्स वितरण गरिएको पनि अध्यक्ष थापाले बताउनुभएको छ ।

यसैगरी आजै मेचीनगर लेडी जेसिजले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा ३५ बढिले रगत दान गर्नुभएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा पुर्व अध्यक्ष सुनिता पनेरु, तुलसा दंगाल, टिका सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]