जेष्ठ ६, २०८१ आईतबार

झापाका विद्यार्थीले पाउन थाले पाठ्यपुस्तक

गगन ढकाल

बिर्तामोड । झापामा नयाँ शैक्षिक २०८० को सुरुआतमै सामुदायिक विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन थालेका छन् । जिल्लामा सहजै रुपले पुस्तक उपलब्ध भएको प्रधानाध्यापकहरुले जानकारी दिए ।

प्रधानाध्यापकहरुले पोहोर–पोहोर सालमा भन्दा यो साल सहजै रुपमा पुस्तक उपलब्ध भएको प्रतिक्रिया दिएका छन ।

शनिश्चरे माविका प्रधानाध्यापक चेतामणी खनालले पोहोर साल भदौ असोजसम्म पुस्तक खोज्दा पनि नपाएको बताए । उनले यो साल समयमै पुस्तक विद्यार्थीहरुको हातमा पु¥याउन सकेकोमा खुशी व्यक्त गरे । उनले विद्यालय आउने र भर्ना गर्ने सम्पूर्ण विद्यार्थीहरुले पुस्तक प्राप्त गरिसकेको बताएका छन् । यो वर्ष पुस्तक उपलब्ध गराउन अघिल्लो सालको जस्तो झन्झट व्यहोर्नु परेन, प्रअ खनालले भने ।

यसैगरी मेचीनगर– ५ को बालकल्याण माविका प्रधानाध्यापकले पनि यो वर्ष सहजै रुपमा पुस्तक प्राप्त गरेको बताएका छन् । उनले जनक शिक्षाको डिपोमा भुक्तानी दिएको र सहज रुपमा विद्यालयमा पुस्तक आएको बताएका छन् । उनले कक्षा १ देखि १० सम्मकै पुस्तक शुक्रबार विद्यालयमा आएको बताए । उनले आइतबार सम्पूर्ण विद्यालय आउने भर्ना भएका विद्यार्थीहरुले पुस्तक प्राप्त गरेको बताएका छन् ।

कचनकवलको जनता माविका प्रधानाध्यापक टिका गुरुङले पनि यो वर्ष सहज रुपमा पुस्तक उपलब्ध भएको बताएका छन् । उनले कचनकवल गाउँपालिकाले पुस्तक खरिदको निम्ति अन्तिम समयमा मात्र रकम उपलब्ध गराए पनि पुस्तक प्राप्त गरेको बताएका छन् । उनले आइतबार स्थानीय विदाका कारण विद्यार्थीको हातमा पुस्तक पु¥याउन नसकेको तर, सोमबारदेखि उपलब्ध गराउने जानकारी दिए । उनले गत साल पछिसम्म पुस्तक नपाएर सास्ती व्यहोर्नु परेको भन्दै यो वर्षको शैक्षिक सत्रको सुरुआतमै पुस्तक पाइएकोमा खुशी व्यक्त गरे । उनले अझै केही पुस्तकहरु ल्याउन नसकेको बताएका छन् । उनले ति पुस्तकहरु पनि चाँडै उपलब्ध हुने बताएका छन् ।

झापामा जनक शिक्षाको किताव विक्रीका लागि स्वीकृति पाएको बिर्तामोडको डाँगी पुस्तक पसलका सञ्चालक युवराज डाँगीले विद्यालयहरुले धमाधम पुस्तक लगिरहेको जानकारी दिए । उनका अनुसार यो वर्ष समयमै विद्यार्थीको हातमा किताव पुगेको बताए । झापाका ७५ प्रतिशत विद्यालयमा किताव ढुवानी भइसकेको डाँगीले जानकारी दिएका छन् । हप्तादिनभित्र सबै विद्यालयमा किताव पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]