जेष्ठ ४, २०८१ शुक्रबार

झ्याप्प झ्याप्प बिजुली गएपछि व्यवसायीले बुझाए ज्ञापन पत्र

मेचीनगर । मेचीनगर क्षेत्रमा झ्याप्प झ्याप्प बिजुली गएपछि मेची उद्योग वाणिज्य संघले विद्युत प्राधिकरणको धुलाबारी शाखामा ज्ञापन पत्र बुझाएको छ ।

बारम्बार बिजुली काटिदा उद्योग–धन्दा सञ्चालनमा सम्सया उत्पन्न भएको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष खेम प्रसाईले विद्युत आपूर्ति नियमित नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

मेचीनगर क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको दावी गर्दै संघका अध्यक्ष प्रसाईले यसबाट उद्योग व्यवसायको क्षेत्रमा ठूलो क्षति पुगिरहेको बताएका छन् ।

उनकै नेतृत्वमा संघको प्रतिनिधिमण्डलले ज्ञापनलाई पत्र बुझाएको हो । मेचीनगर क्षेत्रको विद्युत वितरण प्रणालीलाई व्यवस्थित गरी आपूर्ति नियमित गर्न उक्त पत्रमा माग गरिएको छ ।

बारम्बार विद्युत जाने र भोल्टेज घटेर धिपधिप गर्ने समस्याले व्यवसायमा गम्भीर असर पुगेको संघका महासचिव दिनेश शाक्यको भनाई छ ।

संघले बुझाएको ज्ञापन पत्र नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाका निमित्त प्रमुख ज्ञान काफ्लेले ग्रहण गरेका छन् । उनले विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको आश्वासन दिँदै केन्द्रीय प्रणालीमा आएको समस्याका कारण समस्या आएको बताएका छन् ।

उनले मेचीनगर क्षेत्रमा विद्युत वितरण प्रणालीलाई व्यवस्थित गर्न धुलाबारी सबस्टेसनमा १६ एमभीए क्षमताको ट्रान्सफर्मर जडान भइरहेको जानकारी दिएका छन् । मेचीनगरको ज्यामिरगढीस्थित औद्योगिक क्षेत्रका लागि धुलाबारी फिडरबाट नौ किलोमिटरसम्म बेग्लै प्रशारण लाइनमार्फत विद्युत वितरणको काम धमाधम भइरहेको समेत उनले बताए ।

प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार  २ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]