बैशाख २३, २०८१ आईतबार

शिक्षक-व्यवस्थापन विवादले पठनपाठन प्रभावित

बिर्तामोड । भद्रपुर –९ स्थित श्री पुहाँतु जदनज्योति माविमा शिक्षकहरु बीच विवाद उत्पन्न भए पछि पठनपाठन प्रवावित भएको छ । एक अभिभावकले विद्यालयमा पढाईभन्दा धेरै शिक्षकहरु बीच झगडा हुने गरेको बताएका छन् ।

ति अभिभावकले विद्यालयमा शिक्षकहरु र व्यवस्थापन समितिको लामो समय देखिको लफडा रहेको बताएका छन् । उनले विद्यालयमा शिक्षकहरुको झगडाले गर्दा कोर्ष पनि नसकिएको बताएका छन् । ‘शिक्षकहरुले विद्यालयमा झगडा मात्र गरेको देखेर आफ्नो नानीलाई विद्यालयबाट निकाले’ उनले भने । उनले विद्यालयमा शिक्षकहरुको चरम गुटबन्दी भएको तर, पठनपाठन कम्जोर भएको बताएका छन् ।

विद्यालयकी प्रधानाध्यापक कौशिलादेवी आचार्यले विद्यालयमा नियमित पठनपाठन भइरहेको बताएकी छिन् । उनले शिक्षकहरु बीचको समस्या र व्यवस्थापन समितिको विवादसम्बन्धि प्रश्न गर्दा आफूलाई केही पनि जानकारी नभएको बताएकी छिन् । उनले सबैकुरा व्यवस्थापनको अध्यक्षलाई सोध्नु भन्दै प्रश्नलाई टारेकी छिन् ।

उक्त विद्यालयमा हाल पाँच जना शिक्षकहरुलाई हाजिर गर्न नदिएको भनेर विवाद उत्पन्न भएको छ । शिक्षकहरु र्सिजना प्रसाईं, कमला राई, सुमित्रा पौडेल, डिल्ली अधिकारी र शर्मिला अधिकारीप्रति व्यवस्थापन समितिले असभ्य र गैरकानुनी व्यवहार गरेको शिक्षकहरुले आरोप लगाएका छन् । उनीहरुलाई विद्यालयमा शैक्षिक वातावरण धमिल्याएको र गुटबन्दी चलाएको आरोप लागउँदै विद्यालयमा हाजिर गर्न नदिएको व्यवस्थापन समिति र विद्यालय प्रशासनको जिकिर छ ।

यि पाँच शिक्षकहरु मध्ये र्सिजना प्रसाईं र डिल्ली अधिकारीलाई हाल व्यवस्थापन समितिले विद्यालयमा हाजिर गर्न नदिएको समितिका अध्यक्ष परमानन्द मिश्रले बताएका छन् । उनले मन नमिले व्यवस्थापन समितिले हाजिर नगराउन पनि सक्ने बताए ।

विद्यालयमा व्यवस्थापन समितिले पाँच जना शिक्षकहरुलाई हाजिर हुन नदिएसँगै शिक्षक संघ–संगठनले हाजिर गराउन माग गरेका छन् ।

उक्त शिक्षकहरुलाई तत्काल हाजिर गराउन नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले माग गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ । शिक्षक संघ–संगठनले ति शिक्षकहरुलाई विद्यालयमा हाजिर नगराए थप आन्दोलन गर्ने चुनौती पनि दिएको छ ।

विद्यालय व्यवस्थापन समितिलाई जिल्ला शिक्षा समन्वय र पालिकको शिक्षा शाखाले पठाएको शिक्षकलाई हाजिर गर्न नदिने अधिकार नभएको नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका सचिव लम्बोदर पौडेलले बताएका छन् । उनले शिक्षकहरुबाट पनि गल्ती भएको तर छलफल गरेर समस्या समाधान गर्नुको साटो हाजिर हुन नदिनु गैरकानुनी रहेको बताएका छन् । उनले शिक्षकहरुलाई तत्काल हाजिर नगराए राष्ट्रिय शिक्षक संगठन आन्दोलित हुने जानकारी दिएका छन् ।

हाल विद्यालय छिर्न नपाएकी शिक्षक र्सिजना प्रसाईंले आफूहरु माथि अन्याय भएको बताएकी छिन् । उनले उनीहरुलाई विद्यालय भित्र छिर्नसम्म नदिएको बताइन् । कानुनी रुपमा आफूहरु माथि रहेको बताउँदै उनले पूर्वाग्रह राखेर विद्यालयमा प्रवेश नदिएको जिकिर गरिन् । उनले व्यवस्थापन समितिसँग शिक्षकलाई हाजिर गर्न नदिने अधिकार नभएको जिकिर गरेकी छिन् ।

के हो खास विवाद ?

०७८ फागुनमा उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक शिवराम लुइँटेलले अस्वस्थताको कारण देखाएर स्वेच्छिक अवकाश लिएसँगै यो विवादको जग बसेको देखिन्छ । तत्कालिन प्र.अ लुइँटेलले त्यसै विद्यालयका निमावि तहका शिक्षक शिव पोखरेललाई निमित्त दिएर विदा लिएका थिए ।

लुइँटेलले विदा लिए पछि ०७८ फागुन १२ गते विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी शिव पोखरेललाई दिन्छ । मावि विद्यालयमा निमावि तहको शिक्षकलाई प्र.अ बनाउनु हालको शिक्षा ऐनको बिपरित हुँदाहुँदै व्यवस्थापन समितिले पोखरेललाई प्र.अ नियुक्त गरे पछि विवाद सुरु हुन्छ ।

व्यवस्थापन समितिको उक्त निर्णयमा चित्त नबुझे पछि शिक्षकहरु हाल विवादित पाँच शिक्षकले व्यवस्थापन समितिलाई पटक–पटक शिक्षा ऐन नियमावलीको परिधि भित्र रहेर माध्यमिक तह शिक्षकलाई प्र.अ. नियुक्त गर्नुपर्ने जानकारी दिन्छन् । तर, समितिले ति पाँच शिक्षकहरुको कुरालाई वास्ता गर्दैन ।

सम्बन्धित पक्षबाट कुराको सुनुवाई नभए पछि मावि तहकी शिक्षक सृजना प्रसाईले उच्च अदालत ईलाममा यही विषयलाई लिएर मुद्दा दर्ता गर्छिन् । उक्त मुद्दामा उच्च अदालत ईलामद्वारा शिक्षा ऐन अनुसार त्यसै विद्यालयका माध्यमिक तहका वरिष्ठतम शिक्षक कौशिला आचार्यलाई ०७९ असोज ३० गते प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, शिक्षक आचार्यले आफूले फागुनबाट मात्रै प्र.अको जिम्मेवारी पाएको इजलास दैनिकसँगको टेलिफोन बार्तामा बताएकी छिन् ।

आचार्यलाई अदालतले प्र.अ. बनाइदिएदेखि नै अदालतमा मुद्दा हाल्ने पाँच शिक्षकलाई व्यवस्थापन समितिले अभद्र व्यवहार गरेको ति शिक्षकहरुले बताएका छन् । हाल उनीहरुलाई विद्यालय व्यवस्थापन समितिको विरुद्धमा मुद्दा हालेको भनी व्यवस्थापन समितिले विद्यालयमा हाजिर हुन नदिएको पिडित शिक्षकहरुले बताका छन् ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]