जेष्ठ ६, २०८१ आईतबार

इलाम, पाँचथर र तेह्रथुमको कार्यक्रममा सहभागी हुन ओली बुधबार झापा आउँदै

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्लामा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन बुधबार विहान झापा आउने भएका छन् ।

बुधबार विहान १०ः३० बजे भद्रपुर विमानस्थल ओर्लिएर १२ बजे ओली बुद्धशान्तिमा पालिका कमिटीको आयोजनामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गरेर इलाम जाने तय भएको छ । इलाममा १४ गते पार्टीको परिषदमा सहभागी हुने छन् । १४ गते साँझ पाँचथरको फिदम बस्ने त्यहाँ आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । १५ गते तेह्रथुमको आठराई तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन र तमोरदिप खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]