बैशाख १६, २०८१ आईतबार

महिला फुटबल : गाईघाट सेमीफाइनल प्रवेश

बिर्तामोड । गाईघाट फुटबल क्लब उदयपुर झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड-१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १-० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल उदयपरकी मनिता तामाङले गरिन । उनले खेलको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुर विरुद्ध दवाब सिर्जना गरेपनि गोल स्कोर भने गर्न सकेन् । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटामाथी दवाब सिर्जना गर्यो ।

१–० गोल अन्तरलेपछि परेको धनकुटाले दोस्रो हाफको अन्त्य तिर गोल गर्ने थुर्पै अवस्था सिर्जना गरेपनि स्कोर भने गर्न सकेन् । आजको खेलमा उदयपुरकी मनिता तामाङ ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

उदयपुरले अब दोस्रो सेमिफाइनलमा बिहीबार नमोबुद्ध युवा क्लब सप्तरीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । पहिलो सेमिफाइनलमा आयोजक अल इन वान र मिक्लाजुङ गाउँपालिका मोरङले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते हुने छ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक कृष्णबाबु योञ्जनले जानकारी दिए । बिर्तामोड–१० को ‘अल इन वान’ क्लबलको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]