बैशाख ८, २०८१ शनिबार

वित्तिय क्षेत्रको विकास नगरे देशकै विकास अवरोध हुन्छ : नारायणकाजी

बिर्तामोड । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जनता स्वास्थ्य रहे मात्र देश समृद्ध हुने बताएका छन् । उनले समृद्ध नेपाल , सुखी नेपालीको महाअभियान सफल बनाउन सबै निरोगी बन्नुपर्ने बताए ।

सोमवार झापाको बिर्तामोडमा आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि कार्यशालामा बोल्दै उनले स्वास्थ्यलाई नोक्सान हुने कुनै पनि पदार्थ सेवन गरेमा समृद्धको अभियान नहुने धारणा राखेका छन् । नेता श्रेष्ठले मुलुक बनाउन सबै स्वस्थ्य हुनुपर्ने बताए ।

उनले मुलुकको समसामयिक विषयमा बोल्दै वर्तमान सरकारलाई काम गर्न अत्यन्तै सहज रहेको जिकिर गरेका छन् । ‘ विभिन्न परिवर्तन सम्पन्न भइसकेको छ, देशमा संविधान छ’, नेता श्रेष्ठले भने– विकासका लागि यो भन्दा अनुकुल समय अब पाइदैन । सरकारले व्यवहारिक विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । अहिलेको सरकारलाई जनताले विकासको ठुलो जिम्मेवारी दिएको बताउँदै काम गर्न सकिएन भन्ने ठाउँ समेत नरहने तर्क गरेको छन् । विकास गर्न सकिएन भन्ने यो सरकारसँग कुनै कारण छैन, उनले थपे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र नेपाल बहुउद्देशीय सहकारी संस्था, एक्सन नेपालको सहआयोजनामा आयोजित कार्यक्रममा उनले सरकारले वित्तिय क्षेत्रको विकासमा चासो नदिए देशको विकास नै अवरोध हुने बताए । सरकारले अब वित्तिय क्षेत्रको दिर्घकालिन विकासमा ध्यान दिने समय आइसकेको उनको भनाई थियो । देशमा परिवर्तन ल्याउनै पर्छ भन्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले काम गरेर देखाउनै पर्ने एउटै मात्र विकल्प रहेको सुनाए । त्यसका लागि सबै राजनीतिक दल, नीजि क्षेत्र र नागरिक समाजसँग समन्वय आवश्यक छ, उनले थपे ।

सहकारीकर्मी, विधार्थीसहित विभिन्न क्षेत्रबाट सहभागी भएको सो कार्यक्रममा विर अस्पतालका प्रा.डा. विष्णु दत्त पौडेल, सरकारका उपसचिव पुस्कर नेपाल र अभियान्ता इन्दिरा पन्तले सूर्तिजन्य पदार्थ नियन्त्रणसँगै यसको असरका बारेमा सहजीकरण गरेका थिए । सूर्तिको प्रयोगले नेपालमा क्यान्सर रोगी बढ्दै गएकोले यसको प्रयोग नगर्न जोड दिइएको थियो ।
कार्यक्रममा झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, एनएमसीका अध्यक्ष रामचन्द्र उप्रती लगायतले विचार प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]