जेष्ठ ६, २०८१ आईतबार

वनमाराबाट वन जोगाउँदै पाथिभरा कालिका

बिर्तामोड । झापाको हल्दिबारीस्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा वन संरक्षणको काम थालनी गरेको छ ।

केही समयदेखि वनमा वनमारा र माइकेनियाँ झारको प्रभाव बढेसँगै समस्या भइरहेको छ । नयाँ विरुवाहरु उम्रिन छाडेको थियो । यि झारले छोपेपछि बीउ, सूर्यको प्रकाश र हावा केही पनि भित्र छिर्न नसक्ने हुनाले नयाँ विरुवा उम्रने र उम्रिएका बिरुवा पनि मर्ने क्रम बढ्दो रहेको बन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए ।
उनले वनमा रहेको वनमारा झारलाई निकालेर वनको संरक्षण गर्न सबै लागि परेको जानकारी दिएका छन् । उनले वनबाट निकालिएको वनमारा र माइकेनियाँ झारबाट जैविक मल बनाउने बताए । उनले जैविक मलको उद्योग नै सञ्चालन गरेर आर्यआर्जनमा जोड्ने योजना बनाइएको बताएका छन् ।

यि झारहरु निकालिएको ठाउँमा बेसार खेति गर्ने योजना रहेको अध्यक्ष पोर्तेलले बताएका छन् । उनले यो वर्ष कम्तीमा १८ हेक्टर जमिनमा बेसार लगाउने जानकारी दिएका छन् ।

अहिले खाली ठाउँमा बेसार खेती गरे पनि त्यहाँ बिस्तारै रुखका बिरुवाहरु आफैैं उम्रने र त्यसको संरक्षण गर्दै विरुवा बढाउने बताएका छन् । पछिल्लो समय वनमारा र माइकेनियाँले साना बिरुवाको साथ साथै ठूला रुखहरुमा पनि असर गर्न थालेको छ । सो समस्याका कारण वनक्षेत्रबाट वनमारालाई हटाएर बन संरक्षणमा लागेको उनले जानकारी दिए । उनले भने, ‘यि झारहरुको कारण उजाड बन्दै गइरहेको वनलाई हराबरा बनाउन वन संरक्षणका निम्ति लागि परेका हौं ।’

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]