काठमाडौंमा झापालीको विचल्ली : कसले गर्ला राजवंशीलाई सहयोग ?

बिर्तामोड । झापा अर्जुनधारा कप्तानबारी घर बताउँने ७४ वर्षीय गौरीराज राजवंशी काठमाडौंमा विचल्लीमा परेका छन् । उनको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको सामाजिक अभियान्ता गिता अधिकारीले जानकारी दिएकी छन् ।
कप्तानबारी भन्नुहुन्छ, आफन्तको नाम थाहा छैन – अधिकारीले भनिन् । परिवारमा अपहेलित भएपछि ३० वर्ष नै राजवंशले घर छोडेको जानकारी दिएका छन् । परिवारमा हेला भएपछि भान्जाको घरमा बस्दै आएका उनी केहि वर्षदेखि दमकको एक नर्सरीमा काम गर्दै आएका थिए । दमकबाट कसैले गाडी चढाएर काठमाडौ पठाएको हुन सक्ने अभियान्ता अधिकारीको भनाई छ । स्वास्थ्य अवस्था समेत कमजोर देखिएपछि उनलाई प्रहरीले ट्रमा सेन्टर पु¥याइदिएको बुझिएको छ ।
सामाजिक अभियान्ता अधिकारीले झापामा बृद्ध राजवंशीको रेखरेखका लागि सहयोग मागेकी छन् । जिल्लाको कुनै बृद्धाश्रमले उनको रेखदेख गरिदिए हुन्थ्यो, उनीले भनिन् । दैनिक खानपानमा समस्या नभए उनको स्वास्थ्यमा पनि ठिक हुने अधिकारीको दावी छ ।