जेष्ठ २, २०८१ बुधबार

१९ वर्षमुनिका फुटबल खेलाडी छनोटका खेल सम्पन्न

रोहित काफ्ले
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ ।

फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् ।
यसअघि अघिल्लो शनिबार १४ देखि १६ वर्ष उमेर समूहका खेलाडी छनोटका खेलहरु भएका थिए । ती खेलहरुबाट पहिलो चरणमा ५३ जना खेलाडी छनोट भइसकेका छन् ।

आजका खेलहरुमा भद्रपुरका सबै वडाबाट आएका करिब एक सय खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएकोमा पहिलो चरणमा ६३ जना खेलाडी छनोटमा परेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
अब दुबै उमेर समूहबाट पहिलो चरणमा छनोटमा परेका खेलाडीबीच आगामी शनिबार खेलहरु पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।

नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रूपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । गोल्डकपका अध्यक्ष ढकालले अहिले छनोटमा परेका खेलाडी भद्रपुरको अब्बल टिम तयार गर्ने उद्देश्यले गरिएको बताउँदै समय दिनसक्ने खेलाडी मात्र सहभागी हुनर र अभिभावकले पनि आफ्ना नानीहरुलाई फुटबलमै सर्पित गाउन मनसायका साथ प्रशिक्षणमा पठाउन आग्रह गरेका छन् ।

यस्तै, भद्रपुर झापा गोल्डकपले आगामी मंसिर–पुसतिर झापा जिल्लास्तरीय अन्तर पालिका लिग कम नकआउट प्रतियोगिताको तयारी पनि गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए । कार्यसमितिको बैठकले निर्णय गरेको लिग कम नकआउट फुटबल प्रतियोगिता बारे जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरी टिम तयार गर्न आग्रह गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]