बैशाख १४, २०८१ शुक्रबार

‘विकाससँगै गुणस्तरीयतामा ध्यान दिएका छौं’

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडले विकासको गति लिइरहेको छ । बढ्दो जनघनत्व रहेको यस नगरपालिकामा स्थानीय आवश्यकताका आधारमा पूर्वाधार निर्माणलाई नगरपालिकाले प्राथमिकतमा दिदैं आइरहेको छ । शिक्षा, स्वास्थ्यको हब बनिरहेको बिर्तामोड नगरपालिकामा विकास आयोजना निर्माणको काम कसरी चलिरहेको छ ? स्थानीय तहको दोस्रो निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरु नगर विकासको निमित्त के कसरी काम गर्दै आएका छन् भन्ने सन्दर्भमा इजलास दैनिकका समाचार संयोजक गगन ढकालले उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासँग गरेको संक्षिप्त कुराकानी :

पछिल्लो समय बिर्तामोड नगरपालिका के गरिरहेको छ ?
आर्थिक वर्षको अन्तिम दिनहरुमा आइपुग्न लाग्दा हालसम्म करिब ८० प्रतिशत वडागत र नगरका योजनाहरु हामीले सम्पन्न गरिसकेका छौं । केही सम्पन्न हुन बाँकी योजनाहरु सम्पन्न हुने चरणमा रहेको छ । सकेसम्म जेठ मसान्त सम्ममा नगर र वडा सिलिङमा भएका योजनाहरुको काम सम्पन्न गर्नेछौं । केही योजनाहरु असारसम्ममा मात्र सम्पन्न होला कि भन्ने लागेको छ ।

प्रदेश र संघीय सरकारको पुरानो बहुवर्षे योजनाहरु अहिले ठेकेदारहरुको कारणबाट विविध समस्या निम्ति रहेको छ । ठेकेदारहरु उपस्थित नहुने र एउटै कुरा पटक–पटक भन्न पर्ने भएकाले काम समयमा सम्पन्न गर्न समस्या भएको छ । अघिल्लो वर्षका थाँती रहेका कामहरुलाई सम्पन्न गर्न यो आवको असार मसान्तसम्मको म्याद थपएिको हुनाले ति योजनाहरु असारसम्ममा सम्पन्न हुनेछन् । यि प्रदेश र संघीयका बहुवर्षे योजनाहरु असार मसान्तसम्ममा सम्पन्न हुन सकेनन् भने बजेट फ्रिज भएर जाने अवस्था छ ।

संघीय सरकारको बिर्तामोड–भद्रपुर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी सैनिकमोडबाट गोलधाप जाने सडकको पनि काम सम्पन्न हुने चरणमा छ । यस्ता किसिमका कामहरु चालु आवमा सम्पन्न भएनन् भने पनि अर्को आवमा सम्पन्न हुनेछन् ।

यसैगरी वडाका स–साना योजनाहरुमा अहिले पुँजीगत खर्च बढि भएको छ र प्रवद्र्धनात्मक खर्च चाहिँ ज्याँदै कम भएको छ । हाम्रो चालू खर्च करिब २३ करोड हो । यो खर्च यस वर्ष पनि घट्ने स्थिति छैन । अहिले बिर्तामोड नगरपालिकालाई संघीय सरकारले वित्तिय समानिकरण अनुदान दिनुपर्ने रकम मध्ये दुई करोड ९५ लाख रुपैयाँ कटौती गरेको छ । यो खालको रकम अझैं कटौती हुने संभावना रहेको छ । अर्को वर्षमा जाँदा संघीय सरकारको यो वित्तिय समानिकरण अनुदान रकम करिब ६ करोड कटौति हुने स्थिति देखिन्छ । यसरी रकम घट्दा बिर्तामोडको विकासमा प्रत्यक्ष प्रभाव देखिने छ । किनकी ति रकमले थुप्रै योजना प्रभावित हुनेछन् ।

नगरका योजनाहरुको गुणस्तरका विषयहरुमा हामी सबै जनप्रतिनिधिहरु अत्यन्तै गम्भीर भएर लागेका छौं । हामी सबै जनप्रतिनिधले पुँजीगत खर्च अन्र्तगत गरेको कुनै पनि योजनाहरु गुणस्तरहीन छैनन् । वडा अध्यक्ष, सदस्य सबै जना योजनालाई गुणस्तरीयताको साथै समयमै सम्पन्न गर्न पनि जिम्मेवार भएर लाग्नु भएको छ । बिर्तामोड नगरका सबै जनप्रतिनिधिको संयन्त्र र प्रशासनिक संयन्त्र विकासप्रति उत्तरदायी भएकाले करिब ६३ करोड आन्तरिक बजेट मार्फत खर्च गर्नुपर्ने वित्तीय समानिकरणको योजनामा करिब तीन करोड भनेको झण्डै ५९–६० करोडको बजेट मात्रै योजनामा जाने सम्भावना रहेको छ ।

अघिल्ला आर्थिक वर्षहरुमा प्रदेश र संघका माननीय ज्यूहरुको पनि केही साना योजनाहरु हुन्थ्यो । तिनले पनि नगर भित्रको विकासमा टेवा पु¥याएको थियो । तर, यो आवमा उहाँहरु मार्फत एकै रुपैयाँ पनि बजेट प्राप्त भएको छैन । एकाद, ठाउँमा प्रदेश सरकारबाट बजेट परेको योजनाहरुमा पनि बजेट प्राप्त हुने अवस्था छैन । यो आवमा खानेपानीको योजना, सामाजिक क्षेत्रको अनुदान, पशु, कृषिको अनुदान केहीको लागि पनि प्रदेश सरकारबाट बजेट प्राप्त भएको छैन । बिर्तामोको विकासका निम्ति भौतिक पूर्वधारमा गर्नुपर्ने धेरै कामहरु छन् । धेरै कठिनाइहरु र आवश्यकताहरु छन् ।
जगा वर्गीकरणको काम ढिला भएकाले डेढ वर्ष यता आन्तरिक स्रोतमा ह्रास आएको छ । जग्गा मार्फत हाम्रो करिब १३ करोड कर कम उठेको छ । यसले पनि हाम्रो धेरै योजनाहरु प्रभावित भएको स्थिति छ । भर्खरै वर्गीकरणको काम सकिएको र कित्ताकाट सुरु भएकोले असारसम्मा करिब पाँच करोड चाहिँ कर उठ्ला कि भन्ने अनुमान गरेका छौं । रकम उठिदिएमा हामीले केही कामहरु गर्न सक्ने स्थिति बन्ने छ ।

नगरको प्राथमिकता के हो ?
हामीले प्राथमिकीकरण गरेरै काम गर्ने गरेका छौं । हाम्रो प्राथमिकता जनताको माग र आवश्यकताले निर्धारण गर्दछ । जनताले जुन बाटो धेरै प्रयोग गर्नुहुन्छ । जुन सडकमा सवारी साधनको चाप बढि हुन्छ । जहाँ नागरिकहरुको खेती जमिन कटान भएको अवस्था छ । त्यस किसिमका ठाउँहरु हाम्रो प्राथमिकतामा पर्दछन् ।

त्यसैगरी हामीले हात्ती प्रभावित क्षेत्र हाम्रो विशेष प्राथमिकतामा राखेका छौं । हामीले हात्ती नियन्त्रणका निम्ति फेन्सिङ तारहरु बिस्तार गर्ने र हात्तीको दिगो व्यवस्थापनका निम्ति बजेट माग गर्ने कुराहरु हाम्रा प्राथमिकतामा पर्दछन् । हामीले कामको प्राथमिकीकरण गर्दा नागरिकको जनजिविकालाई केन्द्रमा राखेर गर्ने गरेका छौं । हाम्रो विशेष प्राथमितकता सडक निर्माण, ढल व्यवस्थापन र कालोपत्रे निर्माणलाई दिइएको छ ।

यि विषयहरुमा प्राथमिकीकरण भइरहदा हामीले अन्य क्षेत्रलाई वास्ता नगर्ने भन्ने होइन । हाम्रो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खेलकुद पर्दछन् । हामीले स्वास्थ्य क्षेत्रको विकासका निम्ति सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र पु¥याई सकेका छौं । साथै नगर अस्पताल पनि स्थापना गरेका छौं । बिर्तामोड नगर अस्पतालमा दुई वर्षे योजनामा नयाँ भवन निर्माणको निम्ति १८ करोड टेण्डर लागि सकेको छ ।

हामीले भौतिक पूर्वधारको विकासलाई मात्र विकास बुझ्ने गरेका छैनौं । हामीले शिक्षा, स्वास्थ्य र खेलकुदलाई पनि विकासको पर्याय मानेर काम गरिरहेका छौं । हाल बिर्तामोडको सरकारी कार्यालयहरु नै व्यव्स्थापन गर्नुपर्ने अवस्थामा रहेका छन् । हाम्रो केही वडाहरुमा वडा कार्यालयको आफ्न भवन छैनन् । ति भवनहरु निर्माण गरि नागरिकहरुलाई व्यवस्थित कार्यालयबाट सेवा दिन पाउदा पनि निक्कै सहज हुन्थ्यो । त्यसैले हाम्रो प्राथमिकता भनेको आफ्नै सरकारी कार्यालयबाट सेवा उपलब्ध गराउने हो । शिक्षा क्षेत्रमा पनि केही विद्यालयका भवनहरुले विद्यार्थीको चाप थेग्न नसकेको देखिएको छ । ति विद्यालयहरुमा भवन निर्माण गर्ने काम प्राथमिकतामा रहेको छ ।

यसैगरी पशु र कृषि पशुमा पनि समूहगत तवरले उत्पादन बढाउनलाई विभिन्न योजनाहरु बनाएर काम गरिरहेका छौं । किसानहरुलाई सिचाइँ उपलब्ध गराउने, विविध किसिमका तालिम, प्रविधि र अनुदानहरु उपलब्ध गराउने कामहरु गरिरहेका छौं । हामी सबै तहको विकासलाई आवश्यकताका आधारमा प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीसँग बजेट कम्ति भएका कारण जनचेतनामूलक, सीप विकास, जेष्ठ नागरिक बालबालिकाका क्षेत्रमा र मानवीय संशाधनको क्षेत्रका कार्यक्रमहरु चाहिँ लक्ष्य अनुसार गर्न सकिरहेका छैनौं । तर, आगामी आवबाट यो कामहरु पनि नियमित रुपमा हुने छन् ।

बिर्तामोडको फोहोर व्यवस्थापनको योजना कहाँ पुग्यो ?
बिर्तामोड नगरपालिकाले कनकाई नगरपालिकामा बन्दै गरेको ‘कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा’ प्लान्टमा व्यवस्थापन गर्ने गरी काम गरिरहेको छ । त्यो ठाउँमा कम्पनी रजिष्टार कार्यालयबाट आवश्यक कागजातहरु प्राप्त गरेर सहलगानीमा काम गरेका हौं । यसै आर्थिक वर्षमा अनुदान मार्फत प्राप्त हुने रकम पनि नआएको कारणले र आन्तरिक स्रोतमा गिरावट आएको कारण यो योजनामा हामीले तिर्नुपर्ने रकम तिर्न सकेको स्थिति छैन । हामीले पब्लिक पार्टनरसिपका आधारमा दुई करोड ६० लाख जति दिन पर्नेमा त्यही ६० लाख जति मात्र दिएको अवस्था छ । त्यो ६० लाख पनि अलि अलि गर्दै किस्ताबन्दीमा दिइएको कारणले निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन सकेनौं ।
यही नविकरणीय उर्जाको निम्ति आउन पर्ने एक करोड माथि रकम आर्थिक संकटले गर्दा आउन सकेन । अन्य पालिकाले आफ्नो दायित्व आंशिक रुपले भुक्तानी गर्दैगर्नु भएको कारणले पनि काम हुन सकिरहेको छैन । बजेट अभावको कारणले यो योजनाको काम धिमा धिमा भइरहेको करणले पनि फोहोरको समस्या जटिल देखिएको हो । तर, त्यसलाई पूर्णता दिन्छौं । र, योजना अनुरुप नै फोहोर व्यवस्थापनमा गर्नेछौं ।

फोहोर मध्ये कुहिने फोहोर धेरै हुने भएकाले अहिले बिर्तामोड नगरपालिकाले दिगो व्यवस्थापनको निम्ति त्यस परियोजनामा लगानी गरिरहेको भए पनि अस्थाई व्यवस्थापनको निम्ति कुहिने फोहोरलाई उठाएर गाड्ने काममा लागेको स्थिति छ । तर, जहाँ हाम्रो फोहोर गाड्ने सम्झौता छ त्यहाँको सम्झौता पनि सकिन लागेको छ । त्यहाँ पनि फोहोरको अस्थाई व्यवस्थापन गर्न सक्ने धेरै समय छैन । त्यसैले हामीले आउँदो आर्थिक वर्षमा ‘कनकाई–बिर्ता–अर्जुन नकीकरणीय उर्जा’ मा कुहिने फोहोरलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यहाँ नकुहिने फोहोरलाई पनि व्यवस्थापन गर्ने प्लान्ट कम्पनी राख्ने सल्लाह पनि भइरहेको छ । तर ,आर्थिक संकटले फोहोर व्यवस्थापनको योजनामा समस्या पर्ने अवस्था देखिएको छ ।

यसले गर्दा आउँदो बर्खामा फोहोर व्यवस्थापन एक पटक चुनौति हुने संभावना हामीले देखिरहेका छौं । यस चुनौतिलाई हल गर्न फोहोर कुहिने नकुहिने छुट्याएर त्यसलाई व्यवस्थापन गर्नेछौं । त्यसका निम्ति आवश्यक पूर्वधार निर्माण गर्न माग पनि गरि सकिकेको स्थिति छ । यो पूर्वधार चाँडै निर्माण भएर आउँदै छ । यो आए पछि कुहिने फोहोरको अस्थाई व्यवस्थापनमा समस्या हुँदैन ।

आन्तरिक स्रोत अवस्था के छ ?
हामीले करिब एक हप्ता अगाडि स्रोत पूर्व अनुमान समितिको बैठक बस्यौं । विभिन्न स्रोतहरुलाई आधार मान्दै गर्दा गत वर्ष ६३ करोडको बजेट हामीले तयार गरेका थियौं । यो वर्ष हामीले गत वर्ष भन्दा पाँच करोड रुपैयाँ थपेर ६८ करोडको आन्तरिक बजेट बनाउने योजना बनाएका छौं ।

बजेटको स्रोतहरुमा डेढ वर्ष यता फ्रिज भएर बसको आन्तरिक मालपोतको कर (जग्गा राजिनामा) को कर अलिकति बढेर आएको स्थिमा र सात आठ वर्ष देखि नबढेको केही करहरु यो वर्ष बढाएर जानुपर्ने अवस्था छ । अन्य पालिकाको तुलनामा यहाँको बजारीकरण, जग्गा जमिन, आर्यआर्जन, ढल निकाल लगायत विविध पक्षको अध्ययन गर्ने हो भने । र, बढ्दो जनघनत्वको विषयलाई पनि हेर्ने हो भने हामी आठ वर्षपछि कर बढाउँदै छौं । आवसीय जग्गा र व्यवसायिक कर बढाउने हाम्रो योजना रहेको छ । यि करहरु वृद्धि हुँदा आन्तरिक स्रोत वृद्धि हुने स्थिति छ ।

हाम्रो प्रमुख स्रोत मध्ये एक घरबहाल कर हो । जो अहिले नगन्य मात्रामा उठि रहेको छ । बिर्तामोडमा दुई तीन प्रतिशत पनि घर बाहल कर उठेको छैन । अब यसलाई नीति बनाएर टोल विकास संस्थालाई त्यहाँको स्थानीय बजारको घरभाडा र गोदामहरुको भाडाको स्थितिको बारेमा अध्ययन गर्न लगाउने । त्यस अध्ययनले वास्तविक तथ्याङक आउँछ । यो डाटा टोल विकास संस्थाले मात्रै आधिकारिक रुपमा ल्याउन सक्छ । यो डाटा लिएर बहाल कर उठाए वापत टोललाई केही रकम पनि दिने गरि हामीले नीति बनाउँदै छौं ।

यहाँका कठिनाई र आवश्यकता के–के हुन् ?
नागरिकहरुका कठिनाई र आवश्यकता धेरै छन् । यहाँ समान कामको समान ज्यालाको स्थिति पनि अफ्ट्यारो छ । घरमा काम लगाएर ज्याला नदिएको बरु काम बिगारिस भनेर उल्टै जरिवाना तिराएको पाइन्छ । दैनिक ज्यालादारी, लेनदेन लगायत विविध समस्याहरु रहेका छन् । यस्ता तमाम विषयमा आम नागरिकलाई कठिनाई रहेको पाइएको छ ।
बिर्तामोडमा सानो खोलाहरु भए पनि अदुवा खोला, देउनीया खोला र घागरा खोलाका कटानले नागरिकहरुको जमिनलाई क्षति पु¥याएको छ । नदि कटानले र बाँद फुटेर निस्केको पानीले बिर्तामोडको वडाहरु ९ र १० मा ठूलो बाडी पस्न सक्ने र कृषि योग्य जमिनलाई असर गर्न सक्ने खतरा बडेको छ । यसैगरी कतिपय ठाउँमा पुलहरु पनि निर्माण गर्नुपर्ने अवस्था रहेको छ भने कतिपय पुलहरु मर्मत संभार गर्नुपर्ने अवस्थामा रहेको छ । मर्मत संभार गर्नुपर्ने पुलहरु र बाँधहरुलाई बजेट दिन नसकेका कारण ठूलो क्षति हुने संभावना रहेको छ । यि मर्मत संभारका निम्ति संघ र प्रदेशमा बजेट माग गरेका थियौं तर, बजेट प्राप्त भएन ।

यसैगरी पहिले निर्माण भएका कालोपत्रे सडकहरु कालोपत्रे उप्किएर समस्याग्रस्त भएका छन् । नागरिकहरुले त्यस्तो कालोपत्रे भन्दा ग्राबेल नै ठिक भन्ने अवस्थामा पुग्नु भएको छ । त्यसता विविध समस्याहरु बिर्तामोड नगरमा रहेको हुनाले हामीले डिपिआर सहित संघीय र प्रदेश सरकारमा बजेट मागेका छौं । बजेट प्राप्त होला भन्ने आशा पनि गरेका छौं । यि लगायत नागरिकका अनेक समस्या छन् । ति समस्याहरु समाधानको निम्ति हामी लागि रहेका छौं ।

बिर्तामोडमा न्याय सम्पादनको अवस्था के छ ?
हामीसँग दुई तहको न्यायिक समिति छ । एउटा वडा मेलमिलाप केन्द्र र अर्को नगर मेलमिलाप केन्द्र । हामीले न्यायिक समितिका सदस्यहरुलाई तालिम दिने र कानुनी विषयमा ज्ञान दिने काम गरिरहेका छौं । उहाँहरुलाई कसरी न्याय सम्पादन गर्ने, कसरी मेलमिलाप गराउने विषयहरुमा भर्खरै तालिम दिएका छौं । खास गरी मेलमिलाप समितिमा स–साना मुद्दाहरु आउँछन् ।

छिमेकी–छिकेकीका मुद्दाहरु, सीमानाका मुद्दा, बालीनालीका मुद्दा, घर जगाका मुद्दा, नक्सा पासका मुद्दा, श्रीमान श्रीमतीका झगडा र अन्य लेनदेन सम्बन्धी मुद्दाहरु धेरै आउँछन् । पछिल्लो समय लगुवित्त र सहकारीका विषयहरुको पनि मुद्दा आउन थालेका छन् । कागजमा लिखतमा प्रमाणिकरण भएका रकमहरु पनि भाकामा नदिएको विषयका मुद्दाहरु धेरै वडामै आउँछन् ।

वडामा समाधान नभएका मुद्दाहरु मात्र नगरपालिकामा आउँछन् । दैनिक दुई वटासम्म मुद्दा हेर्न पनि नगरमा भ्याइ नभ्याईको अवस्था रहेको छ । सबै नागरिकहरुले मेलमिलापमा आउँदा मेलमिलाप नै गर्नुहुन्छ भन्ने छैन । कतिले यहाँ भन्दा माथिल्लो निकायमा पनि जानु हुन्छ । पछिल्लो समय आर्थिक संकटको कारणले होला लेनदेनकै विषयका मुद्दाहरु धेरै आउँछन् । हालसाविक भएका क्षेत्रहरुमा हालसाविक बिगारिदिएको स्थिति छ । यसको मुद्दा पनि आज भोली निक्कै आउने गरेको छ ।

बिर्तामोडको बुधबारे हटिया अहिले (देवि हाट) धेरै चर्चामा छ । बहुतले व्यवसायिक भवन निर्माण गर्ने नगरको योजना छ । तर, व्यवसायीहरुले नगरको सूचनालाई उल्लंघन गर्दै बसिरहेको अवस्थामा कसरी निर्माणको काम अघि बढ्ला ?

व्यवसायीहरुको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको हो । यो एउटा प्रक्रिया हो । भलै, उहाँहरुले त्यसलाई उल्लंघन गर्नुभएको छ । तर, निर्माणको प्रक्रिया रोकिने छैन । जननिर्वाचित कार्यपालिकाले गरेको निर्णय हो । बिर्तामोडको बुधबारे हटियालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने कुरामा संभवतः कसैको अवरोध हुदैन भन्ने विश्वास छ । त्यो भवन व्यवसायीहरुकै निमित्त हो । बहुतले भवन बन्छ । यो विकास परियोजनामा सबैको सहयोगको अपेक्षा छ ।

अन्त्यमा…
म आम बिर्तामोडबासी नागरिकहरुलाई आर्थिक रुपले पारदर्शी र नैतिकवान हामी जनप्रतिनिधिहरुलाई निर्वाचित गराईदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । आम नगरबासीको आवश्यकता र आकांक्षालाई मध्यनजर गरेर हामी काम गर्ने र्छौं । हामी तपाईहरुको मतको सम्मान गर्न उपलब्धी मुलक काम गर्दै तपाईहरुले दिनुभएको मतको सम्मान गर्ने छौं ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]