जेष्ठ ६, २०८१ आईतबार

भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ

सम्पादकीय
गठबनधनको सरकारले पहिलो पटक जनताले चाहेमध्येको एउटा राम्रो कामको थालनी गरेको छ । सरकारले भ्रष्टाचार , अनियमितताको भण्डाफोर गरोस् भन्ने जनचहाना विस्तारै पुरा हुने संभावना देखिएको छ । नक्कली शरणार्थी बनाउने धन्दामा लागेको आरोपमा उच्च तहका नेताहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको छ । एमालेका नेता टोपबहादुर रायमाझी अहिलेसम्म सम्पर्क विहीन छन् । केहि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ । यो कामप्रति नागरिकले प्रचण्ड सरकारलाई धन्वाद नै दिने छन् ।

नेपालका कयौं यस प्रकारका घटनाहरु भएका छन् । बेलाबखत बाहिर पनि आइरहेको छ । तर, प्रचण्ड सरकारले नक्कली शरणार्थी प्रकरणमा एक्शन लिए । यस अघिका घोटलाका मुद्धाहरुमा पनि सरकारले अवश्य एक्शन लिने विश्वास छ । नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन हुदैन । र, निर्दोषलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन पाइने छैन । सत्यतथ्य छानविन गरेर प्रचण्ड सरकारले जनचहाना पुरा गरोस् त्यसमा आम नागरिकको पूर्ण समर्थन हुनेछ । सरकारले भ्रष्ट, घुसखोरी र दलालहरुलाई कारवाहीको दायरामा ल्याउनैपर्छ ।

सरकार प्रमुख प्रचण्डमाथि ठुला–ठुला घोटला काण्डका आरोप छन् । क्यान्टनमेन्टको घोटालाकाण्डमा प्रचण्डलाई आरोप लागेको छ । त्यो घोटला काण्ड बारे अहिलेसम्म कुनै छानविन भएको छैन । त्यसको फाइल खोलेर यथार्थ अनुसन्धान गर्न आवश्यक छ । वाइडबडीकाण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुप¥यो । ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुप¥यो । यस प्रकारका सबै काममा जनताले खुलेर साथ समर्थन गर्नेछन् । सरकारले नक्कली शरणार्थी काण्डसँगै अन्य सबै काण्डमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याई भ्रष्टहरुलाई तह लगाउने कामको थालनी गरोस् ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]