जेष्ठ ७, २०८१ सोमबार

झापा नेल्टाद्वारा प्रधानाध्यापकहरुलाई तालिम

बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कार रकम शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले ३ दिने नेतृत्व बिकास तथा बिद्यालय व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।

शैक्षिक संस्थाहरु मार्फत शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका प्रधानाध्यापकहरु तथा निजी विद्यालयका प्रिन्सिपलहरुलाई उक्त तालिम दिइएको हो । विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समयसापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै नेल्टा झापाले आफूले पाएको पुरस्कारलाई समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि थोरै भए पनि मद्दत पुगोस् भनेर यो तालिम सञ्चालन गरिएको नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले जानकारी दिए ।

तालिममा झापा जिल्लाका करिब ३५ जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागिता रहेको आयोजक नेल्टा झापाले जनाएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यपक डा. शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजिकरण गरेका थिए ।

यही वैशाख २२ गतेदेखि २४ गतेसम्म बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा उक्त तालिम सञ्चालन भएको हो । तालिममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पबित्रा महतारा प्रसाईं, नेल्टा कि केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, कन्काई नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए । नेल्टा झापा यस बर्षको उत्कृष्ट शाखा घोषित भएको थियो । नेल्टा झापाले जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूका लागि तालिम, गोष्ठी तथा सम्मेलनहरु संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]