बैशाख ८, २०८१ शनिबार

विद्यार्थी आन्दोलन : हिजो, आज र भोली

मदन ओली

नेपालमा विद्यार्थी आन्दोलनको इतिहास पुरानो भए पनि सुरुवाति चरणबाटै गौरवपूर्ण रहेको छ । विद्यार्थी आन्दोलनको गौरवशाली विगत अल्मलिएको वर्तमान र चुनौतीपूर्ण भविष्यलाई समेट्ने मुख्य उद्देश्यको साथ यस आलेख तयार पारेको छु । उद्देश्य प्राप्तिका निम्ति यो आलेख कत्तिको सफल भयो भन्ने मूल्यांकन तपाई आम पाठकहरुले गरिदिनु हुने छ भन्ने आशा गरेको छु ।

हिजोका कुराहरु :

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको श्रीगणेश गर्न यसलाई राष्ट्रव्यापि बनाउन र सफलताको शिखरमा पु¥याउन सबैभन्दा सक्रिय भूमिका विद्यार्थीहरुको रहेको छ । अर्थात् विद्यार्थी आन्दोलन नै मुलुक परिवर्तनको संवाहक बनेको छ ।

राजनीतिक दल खोल्न संविधानले रोकेको अवस्थामा दलहरूको सम्पूर्ण गतिविधी, राज्य व्यवस्था परिवर्तनको आन्दोलन र जनजागरणको सम्पूर्ण नेतृत्व विद्यार्थी संगठनहरुले गरेका थिए । यो कुरा बुझेको तत्कालीन पञ्चायती शासनले विद्यार्थी संगठन माथि प्रतिबन्द लगाएको परिस्थितिमा पनि सर्वोच्च अदालतको आदेश लिएर विद्यार्थी संगठनहरु सक्रिय रहेका थिए ।

वि.सं. २००१ साल भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले हिमालचल विद्यार्थी संघ गठन गरेका थिए । यसैगरी वि.सं. २००४ सालमा भएको जयतु संस्कृतम् आन्दोलन नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलन रहेको हो ।

वि.सं. २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरेसन गठन भएको थियो । नेपालको विद्यार्थी आन्दोलनमा ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ नै पहिलो विद्यार्थी संगठन हो । राणाशासनको अन्त्यपछि सुस्ताए झैं भएको विद्यार्थी आन्दोलन फेरि ०१७ सालमा तत्कालिन राजा महेन्द्रले विपि कोइरालाको सरकार अपदस्त गरे पछि मुर्मुराएको थियो ।

०२१ साल जेठ १ गते सुरु भएको सडक संघर्ष बलमा स्ववियु खोल्न पाउने अधिकार बन्दि विद्यार्थी रिहाइ लगायतका अधिकार प्राप्त भएकाले जेठ १ गतेलाई विद्यार्थी एकता दिवसका रुपमा मनाउन थालियो हो । नेपालमा ०३६ सालको आन्दोलन, ४६ सालको प्रथम जनआन्दोलन र ६२/६३को दोस्रो जनआन्दोलनको निर्णय भूमिकामा विद्यार्थीहरु नै रहेका थिए । यसरी गौरवपूर्ण इतिहासरचना गर्न राष्ट्र, राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय एकताको खातिर विद्यार्थी आन्दोलन सदैव निर्णयक देखिएको थियो र छ ।

जका कुरा :

२०६२/६३ को दोस्रो जन आन्दोलन र त्यसको उपलब्धी पछि एकपटक विद्यार्थी आन्दोलन सुस्ताएको, अलमलिएको अवस्थामा पुगेको छ । सत्ताको प्रभाव र पार्टीको छायाँ विद्यार्थी संगठनमा परेकाले गर्दा पनि विद्यार्थी आन्दोलन कतिपय अवस्थामा मुद्दा बिहिन बन्दै गएको छ । पार्टी सत्तामा हुँदा चुप बस्ने र प्रतिपक्षमा हुँदा सडक तताउने प्रवृत्तिले विद्यार्थी सङ्गठन सदैव प्रतिपक्षि हो भन्ने तथ्यमाथि प्रहार गर्दै आएको छ ।

संगठनहरुले विद्यार्थीका मुद्दामा भन्दा आफ्नो पार्टीको बचाउन धेरै समय खर्च गर्नुले पनि आन्दोलन कमजोर बन्दै गएको र आम विद्यार्थीको विश्वास गुमाउदै गएको छ । अधिकार प्राप्तिका निम्ति राज्य व्यवस्था परिवर्तनका लागि संघर्ष गरेर सफलता पाएको विद्यार्थी आन्दोलनले आज संविधानले दिएको आफ्ना नैसर्गिक अधिकारलाई कार्यान्वयन गर्न सफल नहनु आफैमा गम्भीर विषय हो । विद्यार्थी आन्दोलनको आजको स्प्रिटलाई संगठनहरुले गम्भीर रुपमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

भोलिको बाटो :

इतिहासदेखाएर वर्तमानमा अलमलिएर भविष्यलाई अन्धकार तर्फ बढाउने छुट कसैलाई छैन । सान्दार इतिहास बोकेको विद्यार्थी आन्दोलन आज अल्मलिएको अवस्थामा रहेको छ । संगठनहरुले समयमा आफ्नो बाटो लिन नसक्ने हो भने भोलि अझ चुनौतिपूर्ण देखिएको छ ।

विद्यार्थी आन्दोलनले दर्शन सँग विद्यार्थीका मुद्दा जनजिविकाको सवाल जोडतोडले उठाउनु पर्छ । आज पढाइ भैरहेको पठ्यक्रम, यसको वैज्ञानिकता र व्यवहारिक पक्षमा गम्भीर बहस, छलफल र सिर्जनात्मक सुझाव ल्याउनु पर्छ । महाविद्यालय, विश्वविद्यालयका परीक्षा मूल्याङ्कन पद्धति सिकाइ पद्दतिको बारेमा गम्भीर समिक्षा गरिनुपर्छ । विद्यार्थीमा राजनीतिक चेतको विकास गर्नुपर्छ । आफू सदैवमा प्रतिपक्षको भूमिकामा रहनु पर्छ ।

एउटै यथार्थ तथ्य भने कमलको फूल हिलोमा फुल्छ, जरा हिलोमा भए पनि कमल हिलो भन्दा माथि हुन्छ । अहिले हाम्रो सामाजिक आर्थिक एवम् राजनीतिक चरित्र पनि फोहोरी छ । जनतामा निराशा र आक्रोश छाएको छ । विकृति विसंगति विरुद्ध बुलन्द आवाज बनाउँदै, परिवर्तन ल्याउन सक्ने गरी संगठित उद्देश्यमूलक विद्रोह वा आन्दोलनको तयारी हुनु पर्छ । यो आन्दोलनको नेतृत्व विद्यार्थीले गर्नुपर्छ व्यवस्था मात्र होइन अहिलेको डरलाग्दो परिस्थितिको परिवर्तन केवल सचेत विद्यार्थी आन्दोलनबाट मात्र सम्भव छ ।

(लेखक अनेरास्ववियु झापाका जिल्ला कमिटी सदस्य हुन् ।)

 

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]