बैशाख ३०, २०८१ आईतबार

विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बिर्तामोड । वरिष्ठ पत्रकार माधव विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई नगद १ लाख सहित पुरस्कृत गरिएको छ ।


नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले उनलाई निष्पक्ष,उत्तरदायी, खोजमुलक तथा विष्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रियहीतको प्रवद्र्धन र जनतालाई सुसूचित गराएको भन्दै पुरस्कृत गरिएको हो । झापाका अग्रज पत्रकार विद्रोही भर्खरै सम्माननीय राष्ट्रपति विधादेवी भण्डारीबाट गत बैशाख १ गते विभूषित भएका थिए ।


जिल्लाका पुराना पत्रकार विद्रोही स्वाधिन साप्ताहिकमा सम्पादकको रुपमा निडर एवम् व्यवसायीक पत्रकारिता गर्दै आएका छन् । उनलाई संघीय सरकारले प्रदेश एकबाट पुरस्कृत गरेको हो ।

विद्रोही सहित राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट निर्मला शर्मा, खिलबहादुर भण्डारी,डण्ड गुरुङ, उमिद प्रसाद वागचन, माला कर्ण पुरस्कृत भएका छन् । यस्तै वपरिष्ठ पत्रकार तर्फ बद्रि बिनोद प्रतिक र तीर्थ कोइराला नगद् २ लाख सहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]